दलीय भागबण्डापछि गाउँपालिका महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा कांग्रेसका शाही निर्वाचित
धनगढी । दलीय भागबण्डापछि गाउँपालिका महासङ्घ नेपालको सुदूरपश्चिमको दोस्रो अधिवेशन भएको छ । लोकेन्द्र बहादुर शाहीको अध्यक्षता १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सकिएको छ ।
दलीय भागबण्डा अनुसार कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित ७, नेकपा एमाले ४, नेकपा माओवादी केन्द्र ३ र नागरिक उन्मुक्ति पार्टीले १ सदस्य पाएको छ ।
जस अनुसार नेपाली कांग्रेसको भाग परेपछि के आई सिंह गाउँपालिका डोटीका अध्यक्ष शाही अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा खप्तड छान्ना गाउँपालिका बझाङका अध्यक्ष उत्तम बहादुर रोकाया निर्वाचित भएका हुन् । कांग्रेसबाटै सदस्यमा नृप खडका, भगवती चौधरी, विष्णु देवी नाथ, जगत सिंह ठगुन्ना र मञ्जु महरा निर्वाचित भएका हुन् ।
नेकपा एमालेको भागमा सचिव र सह सचिव परेपछि गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाय सचिव, र तुर्माखाद गाउँपालिका अछामका अध्यक्ष डम्बर बहादुर बिसी सह सचिवमा निर्वाचित भएका हुन् । त्यस्तै एमालेबाटै सदस्यमा डोल्मा तामाङ र माधवी जोशी निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्रको भागमा कोषाध्यक्ष परेपछि कोषाध्यक्ष मार्मा गाउँपालिका अध्यक्ष जमान सिंह धामी निर्वाचित भएका छन् । माओवादीबाटै सदस्यमा वसन्त बहादुर चलाउने र मैना रावल निर्वाचित भएका हुन् ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले एक जना सदस्य पाएपछि जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा देवी कठरिया सदस्यमा निर्वाचित भएकी छिन् । समितिको कार्यकाल पाँच वर्ष रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण