विज्ञापनबारे सर्वत्र आलोचना भएपछि करिश्माले भनिन्, ‘कहिलेकाहीँ हाँस्नु पनि पर्छ’
अभिनेत्री करिश्मा मानन्धरद्वारा अभिनीत एक विज्ञापन पछिल्लो समय व्यापक चर्चा भइरहेको छ । सोलार हिटरसम्बन्धी उक्त विज्ञापनमा करिश्माको अभिनय र संवाद निकै बनावटी भएको र उनले दर्शकलाई झुक्काउने काम गरिरहेको भन्दै धेरैले आलोचना गरिरहेका छन् ।
धेरैले नानाथरी टीकाटिप्पणी गरेपछि यसबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण दिएकी छिन् । उनले कलाकारको नाताले आफ्ना दर्शकलाई झुक्काउने मनसाय कहिल्यै नरहेको पनि बताइन् ।
उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेकी छिन्, ‘त्रुटि मानिस बाटै हुने हो ! यसको प्रचार काममा मेरो उपस्थिति रहने भए पनि प्रचार निर्माण सामग्रीमा मेरो हात हुँदैन । ’
यस्तै उनले थपेकी छिन्, ‘सुझाव सम्मा दिन सकिन्छ, जुन निर्माण पक्षले लिन पनि सक्नुहुन्छ, नलिन पनि सक्नुहुन्छ । मेरो काम भनेको भने अनुसार गर्ने हो ।’
उक्त विज्ञापनको सुधार हुने पनि उनले बताइन् । उनले दर्शकको प्रतिक्रियालाई असाध्यै सकारात्मक रूपमा लिएको र आफ्ना हरेक क्रियाकलापलाई चासोका साथ हेरेर सुधार्ने मौका दिनुभएको भन्दै आभार व्यक्त गरेकी छिन् ।
उनले अन्तिममा लेखेकी छिन्, ‘कहिलेकाहीँ हाँस्नु पनि पर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण