भरतपुर महानगरपालिका र धरान उपमहानगरबीचको सहकार्यबारे छलफल
विहीबार, ०९ चैत्र २०७९, १४ : ३४

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसँग धरानका उपप्रमुख अईन्द्रविक्रम बेघा नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । बिहीबार भएको भेटवार्तामा मेयर दाहाल र उपप्रमुख चित्रसेन अधिकारीसँगको भटवार्ताका लागि धरानका अन्य जनप्रतिनिधि, कर्मचारी र पत्रकारसहितको टोली भरतपुर आएको हो ।
त्यसक्रममा भरतपुर महानगरपालिका र धरान उपमहानगरबीच हुनसक्ने सहकार्यको विषयमा छलफल भएको मेयर रेनु दाहालको सचिवालयले जनाएको छ । यस्तै भरतपुर र धरानको पर्यटकीय गतिविधिलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ ।
भेटवार्तामा भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुरमा भइरहेको पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतको विषयमा सहभागीको जिज्ञासाबारे जानकारी गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्राको साथ
-
वैदेशिक रोजगारीमा जानेलाई बजेटमा के–के छ सुविधा ?
-
बजेट सकारात्मक छ : नेपाल समुद्रपार निकासी पैठारी संघ
-
बायाँबाट आइरहेको सकारात्मक आवाजलाई दिमागले छिट्टै चिन्छ
-
६ महानगरपालिकासहित ७५३ स्थानीय तहलाई २ खर्ब ९५ अर्ब हस्तान्तरण, कसले कति पाए ?
-
कोसेलीका रूपमा विदेश पुग्छ म्याग्दीको रातो च्याउ