भरतपुर महानगरपालिका र धरान उपमहानगरबीचको सहकार्यबारे छलफल
बिहीबार, ०९ चैत २०७९, १४ : ३४
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसँग धरानका उपप्रमुख अईन्द्रविक्रम बेघा नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । बिहीबार भएको भेटवार्तामा मेयर दाहाल र उपप्रमुख चित्रसेन अधिकारीसँगको भटवार्ताका लागि धरानका अन्य जनप्रतिनिधि, कर्मचारी र पत्रकारसहितको टोली भरतपुर आएको हो ।
त्यसक्रममा भरतपुर महानगरपालिका र धरान उपमहानगरबीच हुनसक्ने सहकार्यको विषयमा छलफल भएको मेयर रेनु दाहालको सचिवालयले जनाएको छ । यस्तै भरतपुर र धरानको पर्यटकीय गतिविधिलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ ।
भेटवार्तामा भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुरमा भइरहेको पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतको विषयमा सहभागीको जिज्ञासाबारे जानकारी गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण