प्रतिनिधि सभा बैठकमा खाजा खाने समय राख्न रास्वपा सांसदको प्रस्ताव
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रतिनिधि सभाको बैठकमा खाजा खाने समय राख्न प्रस्ताव गरेकी छिन् । प्रतिनिधि सभा नियमावली २०७९ को मस्यौदा संशोधन प्रस्ताव दर्ता गर्दै उनले दफा १२ को उपदफा १ मा खाजा खाने समय राख्न प्रस्ताव गरेकी छिन् ।
उनले प्रतिनिधि सभाको बैठकको ३ घण्टामा १ घण्टा खाजाका लागि विश्रामको व्यवस्था गर्न भनेकी हुन् । सांसद श्रेष्ठको प्रस्ताव छ–‘कार्यसूची तयार गर्दा प्रत्येक ३ घण्टामा खाजाको लागि १ घण्टा विश्राम समय राखिनेछ । तर विशेष अवस्थामा सभामुखको निर्देशन अनुसार विश्राम समय, अवधि हेरफेर वा खारेज पनि गर्न सकिनेछ ।’
साथै उनले संसद सचिवालयमा विधेयक दर्ता भएपछि सांसदहरूलाई वितरण गर्नुपर्ने व्यवस्था राख्न संशोधन प्रस्ताव गरेकी छिन् । यस्तै विधेयकमा सामान्य छलफलपछि संशोधन प्रस्ताव दर्ताका लागि ७२ घण्टाको समय राखिने व्यवस्था संशोधन गर्न माग गर्दै विधेयकमाथि सामान्य छलफल सकिएको १४४ घण्टाभित्र आफूले पेस गर्न चाहेको संशोधन सहितको सूचना सचिवलाई दिनुपर्नेछ भन्ने व्यवस्था राख्न प्रस्ताव गरेकी छिन् ।
सचिवालयमा विधेयक दर्ता भएपछि सरकारी विधेयक २ दिनभित्र र गैर सरकारी विधेयक ४ दिनभित्र सदस्यलाई विधेयकको प्रति उपलब्ध गराइनेछ भन्ने व्यवस्था संशोधन गर्दै विधेयक दर्ता भएकै दिन सभाको वेबसाइट मार्फत सोही कार्य दिनमा उपलब्ध गराइनेछ, विधेयक मितव्ययी छापिनेछ भन्ने कुरा थप गर्न प्रस्ताव गरेकी छिन् ।
प्रतिनिधि सभाले गत ५ गते बसेको बैठकमा प्रतिनिधि सभा नियमावलीको मस्यौदामाथि संशोधन प्रस्ताव दर्ताका लागि ७२ घण्टाको समय दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण