बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

१२ लाख हुण्डीको रकमसहित एकजना पक्राउ

बिहीबार, ०९ चैत २०७९, १७ : ४४
बिहीबार, ०९ चैत २०७९

काठमाडौँ । प्रहरीले न्युरोडबाट १२ लाख हुण्डीको रकमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका घर भएर टोखा बस्दै आएका ४७ वर्षीय सञ्जय खनाल छन् । आरोपीको साथबाट एक थान खाली चेक पनि बरामद गरिएको छ ।

आरोपीविरुद्ध राष्ट्र बैंक ऐन अन्तर्गत अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप