नेपाल लाइफको सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सुनौलो भविष्य’ जीवन बीमा योजना सार्वजनिक गरेको छ । आज कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच सो योजना सार्वजनिक गरिएको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त बीमा योजनाको सार्वजनिक अनावरण गरे ।
आफू तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना गर्न नपरोस् र आफ्नो वृद्ध अवस्थासम्म पनि आर्थिक रुपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दे एकै बीमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी ल्याइएको कम्पनीको भनाइ छ ।
“सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात” भन्ने नाराका साथ नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरिएको हो । एउटै बीमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सकिने यो जीवन बीमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा (मुनाफामा सरिक हुने) हो । जस्मा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहने तथा न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि ३५ वर्र्ष सम्म हुनेछ । यो योजनाको न्यूनतम बीमाङ्क रकम रू २५,००० तथा अधिकतम बीमाङ्क रकम आयस्रोतको आधारमा निर्धारण गर्न सकिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण