चैत १५ देखि न्यायिक समिति राष्ट्रिय सम्मेलन हुने
काठमाडौँ । चैत १५ र १६ गते काठमाडौँ महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ। देशभरका ७५३ वटै स्थानीय तहका न्यायिक समितिहरूलाई सम्मेलनका लागि निमन्त्रणा गरिएको महानगरपालिकाले जनाएको छ । काठमाडौँ महानगरको नेतृत्व र उपत्यकाका सबै पालिकाको साझा आयोजनामा पहिलो पटक न्यायिक समिति राष्ट्रिय सम्मेलन हुन लागेको न्यायिक समिति संयोजक एवं काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोलले बताइन् ।
‘कानुनमा के छ भनेर थाहा हुँदाहुँदै पनि काम गर्दा कठिनाइहरू आइरहेको हुन्छ। भएको कानुनलाई व्यवहारमा लागू गर्दा कुन कस्ता ठाउँमा कठिनाइ छ त्यसबारे कुरा गर्नेछौँ,’ उनले भनिन् ।
दुई दिनसम्म चल्ने सम्मेलनमा न्यायसम्बन्धी पाँच वटा कार्यपत्र प्रस्तुति हुनेछन्। यस्तै स्थानीय तहका पूर्व उपमेयहरूले पनि आफ्नो कार्यकालमा न्यायिक समितिमा काम गर्दाको अनुभव साट्ने छन्। महानगरपालिकाको आयोजनामा हुने राष्ट्रिय सम्मेलनमा प्रस्तुति, प्रस्तुतिमाथि छलफल, विषयगत छलफलसहित काठमाडौँ घोषणा जारी हुनेछ । यससँगै न्यायिक समितिको राष्ट्रिय, प्रदेश स्तरीय र जिल्ला स्तरीय सञ्जाल निर्माण गर्ने योजना रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण