सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चैत १५ देखि न्यायिक समिति राष्ट्रिय सम्मेलन हुने

बिहीबार, ०९ चैत २०७९, १८ : ४५
बिहीबार, ०९ चैत २०७९

काठमाडौँ । चैत १५ र १६ गते काठमाडौँ महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ। देशभरका ७५३ वटै  स्थानीय तहका न्यायिक समितिहरूलाई सम्मेलनका लागि निमन्त्रणा गरिएको महानगरपालिकाले जनाएको छ । काठमाडौँ महानगरको नेतृत्व र उपत्यकाका सबै पालिकाको साझा आयोजनामा पहिलो पटक न्यायिक समिति राष्ट्रिय सम्मेलन हुन लागेको न्यायिक समिति संयोजक एवं काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोलले बताइन् । 

‘कानुनमा के छ भनेर थाहा हुँदाहुँदै पनि काम गर्दा कठिनाइहरू आइरहेको हुन्छ। भएको कानुनलाई व्यवहारमा लागू गर्दा कुन कस्ता ठाउँमा कठिनाइ छ त्यसबारे कुरा गर्नेछौँ,’ उनले भनिन् ।

दुई दिनसम्म चल्ने सम्मेलनमा न्यायसम्बन्धी पाँच वटा कार्यपत्र प्रस्तुति हुनेछन्। यस्तै स्थानीय तहका पूर्व उपमेयहरूले पनि आफ्नो कार्यकालमा न्यायिक समितिमा काम गर्दाको अनुभव साट्ने छन्। महानगरपालिकाको आयोजनामा हुने राष्ट्रिय सम्मेलनमा प्रस्तुति, प्रस्तुतिमाथि छलफल, विषयगत छलफलसहित काठमाडौँ घोषणा जारी हुनेछ । यससँगै न्यायिक समितिको राष्ट्रिय, प्रदेश स्तरीय र जिल्ला स्तरीय सञ्जाल निर्माण गर्ने योजना रहेको बताइएको छ । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप