कर्णालीका धनी अर्थमन्त्री : सुनचाँदी मात्रै १५७५ तोला !
सुर्खेत । कर्णाली प्रदेश सरकारका अर्थमन्त्री विनोदकुमार शाह सबैभन्दा धनी देखिएका छन् । उनी प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र अन्य मन्त्रीभन्दा निकै धनी छन् । उनको सम्पत्ति विवरण अनुसार उनको काठमाडौँमा लाखौँ मूल्यको घर छ भने प्रशस्त मात्रमा चल अचल सम्पत्ति रहेको छ ।
काठमाडौँमा घर हुने र गाडी हुने एक मात्र मन्त्री हुन्, शाह । दैलेख निर्वाचन क्षेत्र २ (ख) बाट एमालेबाट चुनाव जितेका उनको निर्वाचन क्षेत्रमा भने घर छैन । उनी ठाटीकाँध गाउँपालिका–१ कोसेडी निवासी हुन् । तर उनी गाउँभन्दा काठमाडौँमा बढी बस्ने गरेका छन् । उनको अहिले गाउँमा घर छैन । काठमाडौँको बुढानीलकण्ठमा ७५ लाख मूल्य पर्ने २ तलाको घर छ । उक्त घर उनले आफ्नी श्रीमती लक्ष्मीदेवी शाहको नाममा राखेका छन् । उक्त घर ऋण गरेर खरिद गरिएको उल्लेख गरिए पनि त्यो भन्दा बढी मूल्यमा घडेरी जोडेको सम्पत्ति विवरणमा उल्लेख छ ।
श्रीमतीकै नाममा भक्तपुरको सूर्य विनायक नगरपालिका–६ मा ५०८.६४ वर्ग मिटर क्षेत्रफलको घडेरी छ । उक्त घडेरी ४८ लाख मूल्य रहेको र पैतृक सम्पत्तिबाट खरिद गरेको उल्लेख गरेका छन् । साथै पश्चिम दैलेखको आठ बिस नगरपालिका–४ राकम कर्णालीमा पनि शाहको जग्गा रहेको छ । १० लाख मूल्य बराबरको उक्त घडेरी १८५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । उक्त जग्गा पारिश्रमिकबाट खरिद गरिएको उल्लेख गरिएको छ । यस्तै ठाटीकाँध गाउँपालिका– १ मा ५० रोपनी पैतृक जग्गा रहेको शाहले उल्लेख गरेका छन् ।
सुन मात्रै ७५ तोला !
अर्थमन्त्री शाहसँग सुन मात्र ७५ तोला रहेको छ । उनीसँग बनाइएका सुनका गहना मात्रै २५ तोलाका छन् भने नबनाइएको सुन ५० तोला रहेको छ । यस्तै उनीसँग चाँदी पनि प्रशस्त छ । एक हजार ५०० तोला चाँदी हुने उनी एक्ला मन्त्री धनी मन्त्री हुन् । साथै उनको १५ तोलाको हिराको हार पनि रहेको छ ।
यति धेरै चल सम्पत्ति उनले केही पैतृक सम्पत्ति छोरा र आफ्नो पारिश्रमिकबाट खरिद गरेको उल्लेख गरेका छन् । उनका छोरा अमेरिकामा बस्दै आएका छन् । यस्तै हिराको हार छोरीले अस्ट्रेलियाबाट उपहार दिएको उल्लेख गरेका छन् ।
यस्तै शाहको नाममा २ वटा बैङ्कमा गरी २० हजार बराबरको रकम मौज्दात छ भने ८६ लाख ऋण पनि रहेको छ । उक्त ऋण मासिक ६५ हजारका दरमा तिर्ने गरेका छन् । उनीसँग १६ लाख मूल्य बराबरको टोपोरा प्राडो गाडी छ । उक्त गाडी उनी ०५४ सालमा सांसद हुँदाताका नै खरिद गरेका थिए । उनी ०५१ सालमा नेमकिपाबाट सांसद निर्वाचित भएर सांसद पदसहित एमालेमा प्रवेश गरेका थिए । हाल एमालेको प्रदेश अध्यक्ष समेत रहेका उनी राजाको पालमा सिँचाई मन्त्री समेत भएका थिए ।
हेर्नुहोस् उनको सम्पत्ति विवरण




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रियामाथि ३–० को सानदार जित निकाल्दै स्पेन अर्को चरणमा
-
महिला टी-२० विश्वकप: दक्षिण अफ्रिकालाई हराउँदै इङ्ल्यान्ड फाइनलमा
-
१३०० भन्दा बढी घरमा खानेपानी सुविधा विस्तार
-
स्पेनले थप्यो अर्को गोल
-
कर्णाली दुर्घटना अपडेटः आज बिहानैदेखि बेपत्ताहरुको खोजीकार्य सुरु हुने
-
रास्वपाले आज सांसदलाई ‘डिजिटल प्लेटफर्म’ बारे अभिमुखीकरण दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण