महिला टी-२० विश्वकप: दक्षिण अफ्रिकालाई हराउँदै इङ्ल्यान्ड फाइनलमा
काठमाडौँ । इङ्ल्यान्ड आईसीसी महिला टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
लन्डनको द ओभल मैदानमा नेपाली समयअनुसार शुक्रबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई ४० रनले स्तब्ध पार्दै इङ्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । १७० रनको बलियो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १२९ रन मात्र जोड्न सक्यो।
पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले सुरुवातमा २३ रन जोड्दा ३ महत्वपूर्ण विकेट गुमाएर निकै कठिन अवस्थामा पुगेको थियो। तर, नेट सिभर-ब्रन्ट र हेदर नाइटले चौथो विकेटका लागि १३३ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई १६९/५ को उच्च स्कोरसम्म पुर्याए। सिभर-ब्रन्टले ४७ बलमा ११ चौका र १ छक्काको मद्दतले ७५ रनको विस्फोटक इनिङ्स खेलिन् भने नाइटले ५८ रनको योगदान दिइन् । दक्षिण अफ्रिकाका लागि ननकुलुलेको म्लाबा र शबनम इस्माइलले समान २–२ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाका लागि ओपनर ताजमिन ब्रिट्सले ५१ रनको अर्धशतकीय इनिङ्स खेले पनि अन्य ब्याटरहरू क्रिजमा टिक्न सकेनन्। कप्तान लाउरा वोल्भार्ड १७ रनमा आउट भइन् भने मध्यक्रमका ब्याटरहरू सस्तैमा समेटिएपछि दक्षिण अफ्रिका लक्ष्यभन्दा निकै पछि रह्यो।
इङ्ल्यान्डका लागि बलिङतर्फ लरेन बेल र चार्ली डिनले २–२ विकेट लिए भने सोफी एक्लेस्टोन, लिन्से स्मिथ र फ्रेया केम्पले १–१ विकेट हात पार्दै टोलीको जित सुनिश्चित गरे। यो जितसँगै आयोजक इङ्ल्यान्डले विश्वकपको उपाधिका लागि आइतबार अस्ट्रेलियाको गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोटाको पहिलो स्मृतिदिनमा पोर्चुगल भावुक, उनकै लागि जित्ने खेलाडीहरूको अठोट
-
विश्वकपमा उनाइ सिमोनको नयाँ इतिहास, ३६ वर्ष पुरानो कीर्तिमान तोडे
-
चार खेलमा स्पेनको क्लिन सिट
-
अस्ट्रियामाथि ३–० को सानदार जित निकाल्दै स्पेन अर्को चरणमा
-
महिला टी-२० विश्वकप: दक्षिण अफ्रिकालाई हराउँदै इङ्ल्यान्ड फाइनलमा
-
१३०० भन्दा बढी घरमा खानेपानी सुविधा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण