शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
अपडेट

स्पेनले थप्यो अर्को गोल

शुक्रबार, १९ असार २०८३, ०२ : १३
शुक्रबार, १९ असार २०८३

काठमाडौँ । विश्वकप अन्तर्गत 'राउन्ड अफ ३२' को खेलमा स्पेनले अस्ट्रियाविरुद्ध २–० को बलियो अग्रता बनाएको छ।

खेलको ३६औं मिनेटमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएकामा दोस्रो हाफको ६६ औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाएका हुन् । 

२६ वर्षीय पेड्रो पोरोले २०२१ मा अन्तर्राष्ट्रिय डेब्यु गरेका हुन् । हाल टोटनहाम हट्परमा रहेका पोरोले आज हेडरमार्फत निकै आकर्षक गोल गरे । योसँगै अस्ट्रियाविरुद्ध स्पेनले २–० गोलअन्तरको अग्रता बनाएको छ । 

पोरोको यो गोलमा एलेक्स बाएनाले 'असिस्ट' गरेका थिए । खेलमा स्पेनको पकड बलियो देखिएको छ । यदि स्पेनले यो जित कायम राखेमा क्वार्टरफाइनल प्रवेशका लागि आगामी ६ जुलाईमा पोर्चुगल वा क्रोएसियाको सामना गर्नेछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?