स्ववियु निर्वाचन
चुनाव अलपत्र पारेर क्याम्पस प्रमुख र निर्वाचन अधिकृत सम्पर्कविहीन
शनिबार, ११ चैत २०७९, ०८ : २१
काठमाडौं । नेपाल कमर्श क्याम्पसमा आज स्ववियु निर्वाचन हुन गइरहेको छ । तर, क्याम्पस प्रमुख प्राध्यापक धुब्रप्रसाद सिलवाल र निर्वाचन अधिकृत तुलसीराम रेग्मी भने सम्पर्कविहीन बनेका छन् । बिहान ८ बजेदेखि मतदान गर्ने भन्ने थियो । तर, अहिलेसम्म सर्वदलिय बैठक समेत बस्न सकेको छैन ।
मतदान गर्नका लागि भनेर ठूलो संख्यामा विद्यार्थीहरु क्याम्पसमा आएका छन् । क्याम्पस प्रमुखले फोन उठाएका छैनन् भने निर्वाचन अधिकृतले फोन स्वीच अफ गरेर बसेका छन् ।
निर्वाचन समितिको कार्यालयले शनिवार निर्वाचन गराउने भने सूचना जारी गरेको थियो । मतदानको लागि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्मको समय तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण