‘भस्मे डन’ को गेटअफमा फर्किए विपिन

काठमाडौँ । अभिनेता विपिन कार्की ‘भस्मे डन’ को गेटअफमा फर्किएका छन् । उनी शुक्रबारबाट छायाङ्कन सुरु भएको फिल्म ‘पशुपति प्रसाद २ ः भस्मे डन’ मार्फत यो गेटअपमा फर्किएका हुन् ।
विपिनले २०७३ सालमा निर्माण भएको सफल फिल्म ‘पशुपति प्रसाद’मा पहिलो पटक ‘भस्मे डन’ को भूमिका निर्वाह गरेका थिए । उक्त भूमिकाबाट सर्वत्र चिनिँदै अभिनयमा समेत व्यस्त हुन पुगेका उनी करिब ७ वर्षपछि यो भूमिकामा फर्किएका हुन् । अहिले पनि यो भूमिकाबाट पहिले झैँ माया पाउने विश्वास उनले लिएका छन् ।
शुक्रबार काठमाडौँस्थित पशुपति परिसरबाट छायाङ्कन सुरु भएको फिल्मको पहिलो दृश्य पनि अभिनेता विपिन कार्कीले ‘भस्मे डन’ गेटअफमा दिएका थिए । सुटिङ सेटबाट बाहिरिएको एउटा तस्बिरमा उनी भस्मे डनको गेटअपमा देखिएका छन् । उनले कपाल समेत मण्डन गरेका छन् ।
फिल्मका निर्देशक दीपेन्द्र के. खनाल हुन् । फिल्ममा विपिनसँगै सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरको पनि फिल्ममा अभिनय रहनेछ । टुकी आर्ट्सको ब्यानरमा बन्न लागेको फिल्मका लेखक तथा निर्माता खगेन्द्र लामिछाने हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल