‘भस्मे डन’ को गेटअफमा फर्किए विपिन
काठमाडौँ । अभिनेता विपिन कार्की ‘भस्मे डन’ को गेटअफमा फर्किएका छन् । उनी शुक्रबारबाट छायाङ्कन सुरु भएको फिल्म ‘पशुपति प्रसाद २ ः भस्मे डन’ मार्फत यो गेटअपमा फर्किएका हुन् ।
विपिनले २०७३ सालमा निर्माण भएको सफल फिल्म ‘पशुपति प्रसाद’मा पहिलो पटक ‘भस्मे डन’ को भूमिका निर्वाह गरेका थिए । उक्त भूमिकाबाट सर्वत्र चिनिँदै अभिनयमा समेत व्यस्त हुन पुगेका उनी करिब ७ वर्षपछि यो भूमिकामा फर्किएका हुन् । अहिले पनि यो भूमिकाबाट पहिले झैँ माया पाउने विश्वास उनले लिएका छन् ।
शुक्रबार काठमाडौँस्थित पशुपति परिसरबाट छायाङ्कन सुरु भएको फिल्मको पहिलो दृश्य पनि अभिनेता विपिन कार्कीले ‘भस्मे डन’ गेटअफमा दिएका थिए । सुटिङ सेटबाट बाहिरिएको एउटा तस्बिरमा उनी भस्मे डनको गेटअपमा देखिएका छन् । उनले कपाल समेत मण्डन गरेका छन् ।
फिल्मका निर्देशक दीपेन्द्र के. खनाल हुन् । फिल्ममा विपिनसँगै सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरको पनि फिल्ममा अभिनय रहनेछ । टुकी आर्ट्सको ब्यानरमा बन्न लागेको फिल्मका लेखक तथा निर्माता खगेन्द्र लामिछाने हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण