वैदेशिक रोजगार विभागमा कुटिएको भन्दै तारा बरालको हेलमेट पत्रकार सम्मेलन
काठमाडौँ । सामाजिक अभियन्ता भनेर चिनिने तारा बरालले वैदेशिक रोजगारीमा गएका पीडितहरूको न्यायका लागि आफूहरू वैदेशिक रोजगार विभागमा जाँदा कुटाइ खानुपरेको बताउँदै हेल्मेट लगाएर पत्रकार सम्मेलन गरेकी छिन्।
पीडितहरूको पीडा लिएर वैदेशिक रोजगार विभागमा जाँदा गत फागुन १६ गते भौतिक आक्रमण भएको उनले बताइन् । विभागका प्रमुखले आफूहरूलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको उनको आरोप छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बरालले वैदेशिक रोजगारीको नियमनका लागि विभिन्न सरकारी निकाय भए पनि पीडितको गुनासो कसैले पनि नसुनेको बताइन् ।
‘वैदेशिक रोजगारीको नियमनका लागि यहाँ स्थानीय निकायको वडादेखि लिएर वैदेशिक रोजगार विभाग, प्रहरी प्रशासन, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र राजदूतावासहरू छन् । तर, पीडितहरूको सुनुवाइ गरिदिने कोही पनि छैनन् । जनताको पसिनाले पालेको यति धेरै निकाय हुँदा पनि किन यति धेरै पीडित छन् ? पीडित समस्या लिएर जाँदा मेरो दायित्वभित्र पर्दैन भनेर हरेकले पन्छाउँछ भने पीडित जाने कहाँ ?’–उनले प्रश्न गरिन ।
वैदेशिक रोजगार विभागमा पत्रकारहरूको क्यामेरासमेत लुटपाट भएको उनले बताइन् । भोलिपल्ट वैदेशिक रोजगार विभागले माफी मागेर पत्रकारको क्यामेरा फिर्ता गरेको उनको दाबी छ । वैदेशिक रोजगारका कर्मचारीहरू म्यानपावर व्यवसायीसँग साँठगाँठ गर्ने र सेवाग्राहीलाई भने तर्साउने गरेको बरालको आरोप छ । विभागका प्रमुखले आफूहरूलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण