माओवादी पदाधिकारी बैठक : चैत्र १३ गतेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सुझाव
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा नेताहरुले चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिन सुझाव दिएका छन् । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी नेताहरुले सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सुझाव दिएका हुन् । पार्टी पदाधिकारी बैठकले पर्सिसम्ममा मन्त्रिपरिषदलाई विस्तार गरी डेलिभरीका कामहरुलाई तीव्रता दिने निर्णयसहित सुझाव दिइएको पार्टीसचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गर्ने विषयमा छलफल गरिएको थियो । त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरुले जोड दिएको सचिव पौडेलले बताए । उनले भने, ‘एउटा संसदलाई सुचारु गर्ने बारेमा कसरी जाने र विभिन्न गठबन्धनमा रहेका पार्टीहरुसँग छलफल गरेर संसदलाई प्रभावकारी, गतिशील ऐन, कानुनहरु पनि बनाउनेलगायतका विषयमा समीक्षात्मक छलफल भयो । दोस्रो, क्याविनेटको विस्तार बढीमा पर्सिसम्ममा छिटोभन्दा छिटो क्याविनेट विस्तार गरेर डेलिभरीका कामहरु सुरुवात गर्ने भन्ने बारेमा छलफल भयो । तेस्रोचाहीँ सरकार र पार्टीलाई कसरी जोडने भन्ने बारेमा पनि कुरा भयो ।’
गठबन्धनलाई साथमा लिएर जनताले उठाएको जनसरोकारका विषयहरु पार्टीसँग जोडेर पार्टी र सरकारलाई सँगै लिएर जाने विषयमा पनि बैठकमा छलफल भएको उनले बताए । पौडेलले भने, ‘ बैठकमा प्रदेशका सरकारहरु पनि संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउने गरी अघि बढने यिनै बारेमा संक्षिप्त कुराकानी भएको छ ।’
बैठकमा नेताहरुले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण