ऋणको निकास हुनासाथ रंगशाला निर्माण अघि बढाउन समस्या छैन : प्रमुख दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अलपत्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण तिर्ने र बाँकी निर्माणको काम एक साथ अगाडि बढाउनु पर्ने बताएकी छन् । नेपाल कराते महासंघको सातौँ राष्ट्रिय महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुवर्षिय सहमतिसहित रंगशाला निर्माणको टेण्डर प्रकृया अगाडि बढाउने गरी पहल भइरहेको उल्लेख गरेकी हुन् ।
रंगशाला बन्छ कि बन्दैन भन्ने विषय सबै जनता र खेलाडीले चिन्ता र चासोको साथ हरिरहेकाले महानगरपालिका प्रमुखको हैसियतले सक्दो पहल भइरहेको जानकारी दिइन् । ‘मैले सामाजिक सञ्जालमा केही दिनमा सुखद समाचार सुन्न पाउँछौ भनेको थिए,’ उनले भनिन्, निरन्तर पहल भएकै छ । केही दिनभित्र सुखद समाचार सुन्न पाउनेमा आशावादी छु । ऋणको निकास हुनासाथ रंगशाला निर्माण अघि बढाउन समस्या छैन।’
महानगरपालिका प्रमुख दाहालले ऋणकै कारण संघ र प्रदेशबाट विनियोजन भएको २२ र ५ करोड रुपैयाँ फ्रिज हुने अवस्था आएको उल्लेख गरिन् ।गौतम बुद्ध क्रिकेट रंगशाला क्रिकेट खेल्न मात्र नभई बहुउद्देश्यीय रंगशाला भएकाले त्यहाँ इन डोर र आउट डोर दुवै खेल खेल्न सकिने भएकाले सबै विधाका खेल खेल्न सकिने प्रमुख दाहालले बताइन्।
भरतपुर महानगरपालिका नेपालका ७५३ पालिका मध्ये खेलकुद गतिविधि गर्ने र पूर्वाधार निर्माण गरेर उत्कृष्ट भई प्रधानमन्त्रीबाट पुरस्कृत भएको उल्लेख गरिन् । भरतपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद हुनका साथै सबै विधाको खेल गतिविधि हुँदै आएकाले खेलकुदको हब बन्नेतर्फ उन्मुख भएको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण