दर्शकको माया कहिल्यै भुल्दिन – पल शाह
काठमाडौँ । अभिनेता पल शाहले दर्शकको साथ र मायाले आफू चलचित्र क्षेत्रमा नयाँ जोस र जाँगर आएको बताए । अगामी दिनमा पनि दर्शकको माया र सद्भावलाई आत्मसाथ गरेर अगाडि बढ्ने उनको भनाई छ ।
चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाले शनिबार घोराहीमा आयोजना गरेको एक कार्यक्रममा अतिथिको रूपमा सहभागी उनले ओझेलमा रहँदा आम दर्शक र गृह जिल्लावासीले गरेको माया र साथलाई कहिले पनि झुल्न नसक्ने बताए । ‘आफूलाई विभिन्न क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा माया गर्ने दर्शकहरूलाई धन्यवाद दिन्छु’ उनले भने ‘यो मायाको कदर र सम्मान सधैँ गर्नेछु ।’
दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दाङकी निवर्तमान उपाध्यक्ष लीला शाह, नेपाल पत्रकार महासङ्घ दाङका सचिव आरके शीतल, नेपाल पत्रकार महासङ्घ दाङका सह–सचिव दीप्ति शिखा चौधरी, चलचित्र पत्रकार सङ्घ दाङका सल्लाहकार शरद रेग्मी लगायतकाले पल शाहको फिल्म करियरको विषयमा बोलेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण