वीरेन्द्रनगर नगरपालिका सुकुम्बासी समस्या समाधानका लागि अग्रसर
आइतबार, १२ चैत २०७९, १२ : ०२

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भूमिहीन, दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या समाधानका लागि अग्रसर भएको छ । त्यसका लागि सुरुवाती चरणमा नापजाँचको काम सुरु भएको छ । नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी) का अनुसार वडा नं. १६ नापजाँचको कार्य सुरु भएको हो ।
क्रमशः सबै वडामा नापजाँच कार्य गर्ने र त्यसपछि वास्तविकताका आधारमा समस्या समाधान गरिने उनले बताइन् । ‘वीरेन्द्रनगरलाई व्यवस्थित सहरको रुपमा विकास गर्ने हाम्रो लक्ष्य र चुनावी प्रतिबद्धता थियो,’ ढकालले भनिन्, ‘सोही अनुसार हामी निरन्तर लागिरहेका छौँ ।’
ढकालले सुकुम्बासी समस्या समाधानको कार्य पनि जिम्मेवारीपूर्ण रुपले गरिने बताइन् । वीरेन्द्रनगर नगरपालिकाभित्र १४ हजार जनाको फारम संकलन भएको ढकालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’