देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक छ : गृहसचिव
काठमाडौँ । गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताएका छन् । आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दज्र्यानी चिन्ह प्रदान गर्दै उनले यस्तो बताएका हुन् । सचिव सिंहले अनुशासित, स्वच्छ र व्यवसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्ने उल्लेख गरे ।
उनले समाजमा प्राविधिक गतिविधिहरुमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यक्ता रहेको बताए । सचिव सिंहले अनुशासनहिनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापहरुलाई शून्य सहनशीलतामा लैजानुपर्ने बताए । उनले प्रहरी प्रशासनले सबैले देख्नेगरी सुधारको आवश्यक्ता रहेको बताए ।
उनले भने– ‘अहिले अनुशासित र स्वच्छ प्रहरी हामीलाई चाहिएको छ । व्यवसायिक प्रहरी हामीलाई चाहिएको छ । धेरै बाधाहरु छन् हामीलाई थाहा छ, व्यवसायिक प्रहरी भन्नेबित्तिकै तालिमको कुरा छ, अन्य कुराहरु छन्, नयाँ प्रविधिको कुरा छ । तर यी समस्या समाधानका लागि पदमा बस्ने कर्मचारीहरुको मनोबल र अठोट हुने हो भने त्यसमा पनि राम्रो गर्न सकिन्छ । अनुशासनहीनतालाई, लापरबाहीलाई र भ्रष्टाचारजन्य क्रियाकलापहरुलाई शुन्य सहनशीलता बनाउनु हुनेछ । मन्त्रालयमा देखिने गरी सुधार भएको हेर्न चाहन्छ ।’
उनले भने, ‘विगतमा सुधारका क्रमहरु चलेका छन्, तर त्यो सुधार अझैपनि पूर्ण भएको जस्तो लाग्दैन । आन्तरिक सुदृढीकरण प्रमुख आधार रहेको छ । हामी समाजका बेथितिहरु, अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नलाई हामी आफैँ कति सक्षम र सुदृढ छौँ भन्ने कुराले महत्व राख्छ ।’ सचिव सिंहले प्रहरी प्रशासनमा अझैपनि पूर्ण रुपमा सुधार नदेखिएको बताए । उनले प्रहरी प्रशासनको आन्तरिक सुदृढीकरण गरी समाजका बेथिति र अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नुपन बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण