बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

छिटो तौल घटाउन चाहनुहुन्छ ? खानुहोस् सखरखण्ड

आइतबार, १२ चैत २०७९, १४ : ३३
आइतबार, १२ चैत २०७९

आजकालको भाग–दौडपूर्ण जीवनशैलीमा खानपिनको तालमेल मिलाउनु कठिन कुरा हो । बजारमा जे सहजै उपलब्ध छ, त्यो नै धेरैको पेटमा पर्ने गर्छ । जस्तै, मःम, चाउमिन, समोसा, चिया आदि । असन्तुलित खानपानका कारण धेरैको तौल पनि बढेको छ ।  तौल व्यवस्थापन गर्नु अर्को चुनौती बनेको छ । तर सही खानपानले तौल घटाउन भने नसकिने होइन । 

यस्तोमा सखरखण्ड धेरैका लागि सही विकल्प हुनसक्छ ।

पोषक तत्त्वले भरपुर

सखरखण्डमा आइरन, फोलेट, कपर, म्याग्नेसियम, भिटामिन आदि हुन्छ । यसको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

कब्जियतमा राहत

यसमा भरपुर मात्रामा फाइबर पाइन्छ, त्यसैले यसको सेवन गर्दा कब्जियतलाई पनि राहत मिल्छ ।

मधुमेह नियन्त्रण गर्छ

सखरखण्डमा क्यारोटिनोयड नामको तत्त्व पाइन्छ जसले ब्लड सुगरलाई नियन्त्रण गर्छ ।

क्यान्सरबाट जोगाउँछ

यसको बोक्रामा एन्टिअक्सिडेन्ट र एन्टी क्यान्सर गुण पाइन्छन् । यसको सेवनले क्यान्सरको जोखिम कम गर्न सकिन्छ ।

मुटु रोग लाग्न दिँदैन

सखरखण्डमा एन्थोसायनिन नामको फ्लेवोनोइड पाइन्छ । यसले मुटुलाई स्वस्थ राख्छ ।

रक्तअल्पत्ताबाट जोगाउँछ

यो आइरनले भरपुर हुन्छ । यसै कारण यसको सेवन रगतको कमी हुन दिँदैन ।

 दमको उपचारमा

सखरखण्डमा क्यारोटिन नामको एन्टिअक्सिडेन्ट पाइन्छ जसले दमको उपचारमा महत्त्वपूर्ण भूमिका निभाउँछ ।

मस्तिष्क स्वस्थ राख्छ

यसमा एन्थोसायनिन नामको तत्त्व पाइन्छ । यसमा भएको एन्टिअक्सिडेन्ट गुणले अक्सिडेटिभ स्ट्रेसलाई हटाएर दिमागको कार्य गर्ने क्षमतालाई बढाउँछ ।

हड्डी बलियो बनाउँछ

सखरखण्डमा क्याल्सियम र म्याग्नेसियमको प्रचुर मात्रा पाइन्छ जस कारण यो हड्डीका लागि फाइदाजनक हुन्छ ।

तौल घटाउँछ

सखरखण्डमा डायटरी फाइबर र भिटामिन ए, सी र बीफाइभ हुन्छ । यसमा निकै कम क्यालोरी हुने भएकोले छिटो तौल घटाउन का लागि यो राम्रो विकल्प हुनसक्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप