छिटो तौल घटाउन चाहनुहुन्छ ? खानुहोस् सखरखण्ड
आजकालको भाग–दौडपूर्ण जीवनशैलीमा खानपिनको तालमेल मिलाउनु कठिन कुरा हो । बजारमा जे सहजै उपलब्ध छ, त्यो नै धेरैको पेटमा पर्ने गर्छ । जस्तै, मःम, चाउमिन, समोसा, चिया आदि । असन्तुलित खानपानका कारण धेरैको तौल पनि बढेको छ । तौल व्यवस्थापन गर्नु अर्को चुनौती बनेको छ । तर सही खानपानले तौल घटाउन भने नसकिने होइन ।
यस्तोमा सखरखण्ड धेरैका लागि सही विकल्प हुनसक्छ ।
पोषक तत्त्वले भरपुर
सखरखण्डमा आइरन, फोलेट, कपर, म्याग्नेसियम, भिटामिन आदि हुन्छ । यसको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।
कब्जियतमा राहत
यसमा भरपुर मात्रामा फाइबर पाइन्छ, त्यसैले यसको सेवन गर्दा कब्जियतलाई पनि राहत मिल्छ ।
मधुमेह नियन्त्रण गर्छ
सखरखण्डमा क्यारोटिनोयड नामको तत्त्व पाइन्छ जसले ब्लड सुगरलाई नियन्त्रण गर्छ ।
क्यान्सरबाट जोगाउँछ
यसको बोक्रामा एन्टिअक्सिडेन्ट र एन्टी क्यान्सर गुण पाइन्छन् । यसको सेवनले क्यान्सरको जोखिम कम गर्न सकिन्छ ।
मुटु रोग लाग्न दिँदैन
सखरखण्डमा एन्थोसायनिन नामको फ्लेवोनोइड पाइन्छ । यसले मुटुलाई स्वस्थ राख्छ ।
रक्तअल्पत्ताबाट जोगाउँछ
यो आइरनले भरपुर हुन्छ । यसै कारण यसको सेवन रगतको कमी हुन दिँदैन ।
दमको उपचारमा
सखरखण्डमा क्यारोटिन नामको एन्टिअक्सिडेन्ट पाइन्छ जसले दमको उपचारमा महत्त्वपूर्ण भूमिका निभाउँछ ।
मस्तिष्क स्वस्थ राख्छ
यसमा एन्थोसायनिन नामको तत्त्व पाइन्छ । यसमा भएको एन्टिअक्सिडेन्ट गुणले अक्सिडेटिभ स्ट्रेसलाई हटाएर दिमागको कार्य गर्ने क्षमतालाई बढाउँछ ।
हड्डी बलियो बनाउँछ
सखरखण्डमा क्याल्सियम र म्याग्नेसियमको प्रचुर मात्रा पाइन्छ जस कारण यो हड्डीका लागि फाइदाजनक हुन्छ ।
तौल घटाउँछ
सखरखण्डमा डायटरी फाइबर र भिटामिन ए, सी र बीफाइभ हुन्छ । यसमा निकै कम क्यालोरी हुने भएकोले छिटो तौल घटाउन का लागि यो राम्रो विकल्प हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण