आईपीएलमा नयाँ नियम : टसपछि सुरुवाती ११ चुन्न सकिने, इम्प्याक्ट प्लेयरलाई साट्न सकिने

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन मार्च ३१ बाट सुरु हुँदैछ । १० टीम सहभागी १६ औँ सिजनमा केही नयाँ नियमहरू पनि लागू हुँदैछन् । टोलीले अब टसपछि ब्याटिङ वा बलिङको फैसला लिएर सुरुवाती ११ तय गर्न पाउनेछन् । टसपछि टोलीले ४ जना ‘इम्प्याक्ट प्लेयर’ पनि बताउनुपर्नेछ ।
दुई टोलीका कप्तान अब टसको बेला दुईवटा सुरुवाती ११ को सूची लिएर आउन पाउनेछन् । टस गरेर ब्याटिङ वा बलिङ गर्ने थाहा पाएपछि, उनीहरुले सोही हिसाबले आफ्नो सुरुवाती ११ चयन गर्न सक्नेछन् । यसअघि १५ सिजनसम्म टोलीहरूले मात्र एउटा सुरुवाती ११ को सूची लिएर टसमा आउँथे । टसपछि उनीहरुले त्यही टीम लिएर खेल्नुपर्थ्यो ।
४ इम्प्याक्ट प्लेयर
आईपीएल सिजनमा नयाँ इम्प्याक्ट प्लेयरको नियम पनि थपिएको छ । टसपछि दुई टोलीले ४–४ इम्प्याक्ट प्लेयर बताउनुपर्नेछ । ४ इम्प्याक्ट प्लेयरमध्ये खेलका दौरान टोलीले एक जनालाई सुरुवाती ११ मा सामेल खेलाडीसँग साट्न सक्छन् ।
खेलका दुई पारीको १४ ओभरसम्म इम्प्याक्ट प्लेयरको नियम प्रयोग गरेर टोलीहरूले खेलाडी परिवर्तन गर्न सक्नेछन् । पुरै खेल अवधि भर यसलाई मात्र एक पटक प्रयोग गर्न सकिनेछ ।
इम्प्याक्ट प्लेयरले आफ्नो खातामा रहेको पुरै चार ओभर गर्न पाउनेछन् । पारीमा जति ओभर बचेको छ, त्यही अनुसार उनीहरुले बलिङ गर्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर