आईपीएलमा नयाँ नियम : टसपछि सुरुवाती ११ चुन्न सकिने, इम्प्याक्ट प्लेयरलाई साट्न सकिने
मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन मार्च ३१ बाट सुरु हुँदैछ । १० टीम सहभागी १६ औँ सिजनमा केही नयाँ नियमहरू पनि लागू हुँदैछन् । टोलीले अब टसपछि ब्याटिङ वा बलिङको फैसला लिएर सुरुवाती ११ तय गर्न पाउनेछन् । टसपछि टोलीले ४ जना ‘इम्प्याक्ट प्लेयर’ पनि बताउनुपर्नेछ ।
दुई टोलीका कप्तान अब टसको बेला दुईवटा सुरुवाती ११ को सूची लिएर आउन पाउनेछन् । टस गरेर ब्याटिङ वा बलिङ गर्ने थाहा पाएपछि, उनीहरुले सोही हिसाबले आफ्नो सुरुवाती ११ चयन गर्न सक्नेछन् । यसअघि १५ सिजनसम्म टोलीहरूले मात्र एउटा सुरुवाती ११ को सूची लिएर टसमा आउँथे । टसपछि उनीहरुले त्यही टीम लिएर खेल्नुपर्थ्यो ।
४ इम्प्याक्ट प्लेयर
आईपीएल सिजनमा नयाँ इम्प्याक्ट प्लेयरको नियम पनि थपिएको छ । टसपछि दुई टोलीले ४–४ इम्प्याक्ट प्लेयर बताउनुपर्नेछ । ४ इम्प्याक्ट प्लेयरमध्ये खेलका दौरान टोलीले एक जनालाई सुरुवाती ११ मा सामेल खेलाडीसँग साट्न सक्छन् ।
खेलका दुई पारीको १४ ओभरसम्म इम्प्याक्ट प्लेयरको नियम प्रयोग गरेर टोलीहरूले खेलाडी परिवर्तन गर्न सक्नेछन् । पुरै खेल अवधि भर यसलाई मात्र एक पटक प्रयोग गर्न सकिनेछ ।
इम्प्याक्ट प्लेयरले आफ्नो खातामा रहेको पुरै चार ओभर गर्न पाउनेछन् । पारीमा जति ओभर बचेको छ, त्यही अनुसार उनीहरुले बलिङ गर्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण