चूडामणि शर्माका साक्षीलाई बयानका लागि पेशी तोकियो
काठमाडौँ । राजश्व चुहावटमार्फत गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा खेपिरहेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माका साक्षीलाई बयानका लागि पेशी तोकिएको छ।
आइतबार विशेष अदालतका न्यायाधीशत्रय यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले ढकालसहित तीन जनाविरुद्धको राजश्व चुहावट र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा साक्षी बुझ्ने गरी चैत १९ गतेका लागि पेशी तोक्न आदेश दिएको हो। साक्षीहरूमा इन्जिनियर, डिजाइनर लगायत प्राविधिकहरू छन्।
विशेष अदालतका प्रवक्ता एवं उपरजिस्टार दिपेन्द्रनाथ योगीका अनुसार साक्षीको बयान लिने गरी पेशी तोकिएको हो। ढकालले सार्वजनिक सेवामा प्रवेश गरेपछि २०७३ मंसिर मसान्तसम्म शर्माले आर्जन गरेको सम्पत्तिमध्ये चार करोड २९ लाख ५४ हजार रुपैयाँका स्रोत नखुलेको सम्पत्ति जोडेको आरोप छ।
स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार जरिवाना र कैद सजायको माग माग गर्दै विशेषमा मुद्दा दर्ता गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण