आलोचनापछि गंगा दाहालले भनिन्, ‘गलत सूचनाले भूलवश स्ट्याटस पोस्ट भयो’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी तथा स्वकीय सचिव गंगा दाहालले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा फ्लड लाइट जडान भएको फेक फोटो भूलवश पोस्ट भएको स्पष्टीकरण दिएकी छन् । दाहालले फ्लड लाइट निर्माण सम्पन्न भएको भन्दै मैदानको फेक फोटो सेयर गरेकी थिइन् । फोटो सेयर गरेपछि सामाजिक सञ्जालमा उनको आलोचना सुरु भएको थियो । पछि उनले आफ्नो स्ट्याटस सच्याएकी थिइन् ।
दाहालले यसबारे प्रस्टीकरण दिँदै सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा फ्लड लाइट र स्कोर बोर्ड राख्न यसअघि नै सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिनुभएकोमा परिषद्ले सोहीअनुरूप काम अगाडि बढाएको छ। सो रङ्गशालामा काम अगाडि बढेको हुनुपर्नेमा गलत सूचनाका कारण भुलवश निर्माण सम्पन्न भएको भन्ने स्ट्याटस पोस्ट हुन गएको छ। तसर्थ, शब्दलाई भन्दा विषयको भावलाई सोहीअनुरूप बुझिदिनुहुन सबैमा आग्रह गर्दछु धन्यवाद।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार