आलोचनापछि गंगा दाहालले भनिन्, ‘गलत सूचनाले भूलवश स्ट्याटस पोस्ट भयो’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी तथा स्वकीय सचिव गंगा दाहालले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा फ्लड लाइट जडान भएको फेक फोटो भूलवश पोस्ट भएको स्पष्टीकरण दिएकी छन् । दाहालले फ्लड लाइट निर्माण सम्पन्न भएको भन्दै मैदानको फेक फोटो सेयर गरेकी थिइन् । फोटो सेयर गरेपछि सामाजिक सञ्जालमा उनको आलोचना सुरु भएको थियो । पछि उनले आफ्नो स्ट्याटस सच्याएकी थिइन् ।
दाहालले यसबारे प्रस्टीकरण दिँदै सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा फ्लड लाइट र स्कोर बोर्ड राख्न यसअघि नै सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिनुभएकोमा परिषद्ले सोहीअनुरूप काम अगाडि बढाएको छ। सो रङ्गशालामा काम अगाडि बढेको हुनुपर्नेमा गलत सूचनाका कारण भुलवश निर्माण सम्पन्न भएको भन्ने स्ट्याटस पोस्ट हुन गएको छ। तसर्थ, शब्दलाई भन्दा विषयको भावलाई सोहीअनुरूप बुझिदिनुहुन सबैमा आग्रह गर्दछु धन्यवाद।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण