विराट गोल्डकप : संकटालाई हराउँदै भारत सेमिफाइनलमा
विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा ८–७ गोलले हराउँदै भारतले सेमिफाइनल यात्रा तय गरेको हो ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइबे्रकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।
टाइब्रेकरमा भारतको तर्फबाट चाल्स, रफि, कप्तान अर्सद, क्यामदिन गोल गरेका थिए । संकटाको अनिष महर्जनको प्रहार भारतका गोलकिपर शानफिरले उत्कृष्ट बचाउदै गर्दै खेल जिताए । संकटाको तर्फबाट जुनियर, कुलदिप कार्की, सुरजजिंग ठकुरी, चन्दन दास र दिपक घिसिङ्गले गोल गरेका थिए ।
भारतको जितसँगै विराट गोल्डकपको क्वाटरफाइनलको समीकरण पूरा भएको छ । भारतले अब फाइनल प्रवेशका लागि चैत १४ गते साविक बिजेता एपीएफसँग सेमिफाईनल खेल्नेछ भने घरेलु टिम विराटनगर सिटीले सोमबार जावलाखेल युथ क्लबको सामना गर्नेछ ।
पूर्व बिजेता संकटा र पहिलो पटक विराटगोल्डकपमा सहभागी भारतीय क्लवले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म खेल बराबरी भयो । संकटाले २०६९ सालमा दोस्रो संस्करणको विराट गोल्डकपको उपाधि हात पारेको थियो । पूर्व विजेता संकटाले दर्जन बढी सुन्दर अवसर खेर फाल्दा प्रतियोगिताबाट बाहिरन बाध्य भयो ।
खेलको २२ औं मिनेटमा फ्रिकिकमा भारतका हयाङग्रीले गोल गर्न चुके । अकमल स्याङ्गलाई संकटाका रोशन पुरीले खुट्टामा हानेर फाउल गरेपछि भारतले फ्रिकिक पायो । फ्रिकिकमा भारतका आश्वीनले डिबकस भित्र निकालेको पास हयाङग्रीले गरेको हेडिङ्ग बार नजिकैबाट बाहिरियो ।
२७ मिनेटमा संकटाका सुरजजंग ठकुरीको ३० यार्डदेखिको प्रहार भुटानको गोल किपर सनफिरले उत्कृष्ट बचाए । त्यसलगतै संकटाका कप्तान रभी सिलवालकोे उत्कृष्ट अवसर गुमाए । डिबक्स भित्रको बलमा उनको प्रहार निकै फितलो देखियो ।
उनको प्रहार पोष्ट नजिकैबाट बाहिरिंदा संकटाले गोल गर्ने अवसर गुमायो । ४१ औं मिनेटमा संकटाका विदेशी खेलाडी जुनियरले निकालेको क्रस पास डिबक्स भित्र सुनिल श्रेष्ठले बिललाई किलियर गर्न नसक्दा पहिलो हाफमा संकटाको अग्रता लिने अवसर खेर गयो ।
खेलको ४२ औँ मिनेटमा भारतका अकमल स्याङले संकाटाको रक्षापंक्तिलाई बिट गर्दै अघि बढाएको बललाई फिनिसिङ दिन सकेनन् । ४४ औं मिनेटमा संकटाका जुनियरले वान भर्सेस वनको स्थित चुके । उनको प्रहार पोष्ट नजिकबाट बाहिरियो ।
पहिलो हाफमा केही दवावमा देखिएको भारतले दोस्रो हाफमा भने सम्हालिएर खेल प्रदर्शन गर्यो । संकटाविरुद्ध लगातार अवसर बनाएको भारतको फिनिसिङ पक्ष भने कमजोर देखियो । खेलको ५६ औं मिनेटमा भारतका सिबिल सिकेले आकर्षक अवसर खेर फाले । गोललाइन छेउको बलमा उनको प्रयास फितलो बन्न पुग्यो ।
५९ औं मिनेटमा संकटाका गणेश हमालले पनाल्टी एरियाबाट गरेको कडा प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो । ८४ औं मिनेटमा भारतका पाउलले डिबक्स भित्रबाट गरेको कडा प्रहार संकटाका गोलकिपर विष्णुकुमार केसीले बिफल पारिदिए ।
थप गरिएको अतिरिक्त समयको १० औं मिनेटमा भारतको एपुलले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार गोलकिपरले पन्च गरेर बललाई मैदानमा फर्काए । अतिरिक्त समयको २८ औं मिनेटमा संकटाका सुरजजंग ठकुरीले निकालिदिएको लामो पास विदेशी खेलाडी निलसनले डिफेन्टरलाई कटाएर गरेको प्रहार पोस्ट माथिबाट बाहिरयो । खेलको म्यान अफ द म्याच भारतको गोलकिपर महोमद सनफिर घोषित भए । उनले नगद ११ हजार पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण