शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विराट गोल्डकप : संकटालाई हराउँदै भारत सेमिफाइनलमा

आइतबार, १२ चैत २०७९, २२ : २२
आइतबार, १२ चैत २०७९

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा  ८–७ गोलले हराउँदै भारतले  सेमिफाइनल यात्रा तय गरेको हो । 

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइबे्रकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।

टाइब्रेकरमा भारतको तर्फबाट चाल्स, रफि, कप्तान अर्सद, क्यामदिन गोल गरेका थिए । संकटाको अनिष महर्जनको प्रहार भारतका गोलकिपर शानफिरले उत्कृष्ट बचाउदै गर्दै खेल जिताए ।  संकटाको तर्फबाट जुनियर, कुलदिप कार्की, सुरजजिंग ठकुरी, चन्दन दास र दिपक घिसिङ्गले गोल गरेका थिए । 

भारतको जितसँगै विराट गोल्डकपको क्वाटरफाइनलको समीकरण पूरा भएको छ । भारतले अब फाइनल प्रवेशका लागि चैत १४ गते साविक बिजेता एपीएफसँग सेमिफाईनल खेल्नेछ भने घरेलु टिम विराटनगर सिटीले सोमबार जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

पूर्व बिजेता संकटा र पहिलो पटक विराटगोल्डकपमा सहभागी भारतीय क्लवले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म खेल बराबरी भयो । संकटाले २०६९ सालमा दोस्रो संस्करणको विराट गोल्डकपको उपाधि हात पारेको थियो । पूर्व विजेता संकटाले दर्जन बढी सुन्दर अवसर खेर फाल्दा प्रतियोगिताबाट बाहिरन बाध्य भयो ।

खेलको २२ औं मिनेटमा फ्रिकिकमा भारतका हयाङग्रीले गोल गर्न चुके । अकमल स्याङ्गलाई  संकटाका रोशन पुरीले खुट्टामा हानेर फाउल गरेपछि भारतले फ्रिकिक पायो । फ्रिकिकमा भारतका आश्वीनले डिबकस भित्र निकालेको पास हयाङग्रीले गरेको हेडिङ्ग बार नजिकैबाट बाहिरियो । 

२७ मिनेटमा संकटाका सुरजजंग ठकुरीको ३० यार्डदेखिको प्रहार भुटानको गोल किपर सनफिरले उत्कृष्ट बचाए । त्यसलगतै  संकटाका कप्तान रभी सिलवालकोे उत्कृष्ट अवसर गुमाए । डिबक्स भित्रको बलमा उनको प्रहार निकै फितलो देखियो ।

उनको प्रहार पोष्ट नजिकैबाट बाहिरिंदा संकटाले गोल गर्ने अवसर गुमायो । ४१ औं मिनेटमा संकटाका विदेशी खेलाडी जुनियरले निकालेको क्रस पास डिबक्स भित्र सुनिल श्रेष्ठले बिललाई किलियर गर्न नसक्दा पहिलो हाफमा संकटाको अग्रता लिने अवसर खेर गयो ।

खेलको ४२ औँ मिनेटमा भारतका अकमल स्याङले संकाटाको रक्षापंक्तिलाई बिट गर्दै अघि बढाएको बललाई फिनिसिङ दिन सकेनन् ।  ४४ औं मिनेटमा संकटाका जुनियरले वान भर्सेस वनको स्थित चुके । उनको प्रहार पोष्ट नजिकबाट बाहिरियो । 

पहिलो हाफमा केही दवावमा देखिएको भारतले दोस्रो हाफमा भने सम्हालिएर खेल प्रदर्शन गर्यो । संकटाविरुद्ध लगातार अवसर बनाएको भारतको फिनिसिङ पक्ष भने कमजोर देखियो । खेलको ५६ औं मिनेटमा भारतका सिबिल सिकेले आकर्षक अवसर खेर फाले । गोललाइन छेउको बलमा उनको प्रयास फितलो बन्न पुग्यो ।

५९ औं मिनेटमा संकटाका गणेश हमालले पनाल्टी एरियाबाट गरेको कडा प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो । ८४ औं मिनेटमा भारतका पाउलले डिबक्स भित्रबाट गरेको कडा प्रहार संकटाका गोलकिपर विष्णुकुमार केसीले बिफल पारिदिए ।

थप गरिएको अतिरिक्त समयको १० औं मिनेटमा भारतको एपुलले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार गोलकिपरले पन्च गरेर बललाई मैदानमा फर्काए । अतिरिक्त समयको २८ औं मिनेटमा संकटाका सुरजजंग ठकुरीले निकालिदिएको लामो पास विदेशी खेलाडी निलसनले डिफेन्टरलाई कटाएर गरेको प्रहार पोस्ट माथिबाट बाहिरयो ।  खेलको म्यान अफ द म्याच भारतको गोलकिपर  महोमद सनफिर घोषित भए । उनले नगद ११ हजार पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप