शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानको लगातार दोस्रो हार, अफगानिस्तानलाई शृङ्खला

सोमबार, १३ चैत २०७९, ०६ : ५९
सोमबार, १३ चैत २०७९

शारजाह । अफगानिस्तानले पाकिस्तानलाई लगातार दोस्रो टी–२० खेलमा पराजित गरेको छ । आइतबार शारजाहमा भएको खेलमा अफगानिस्तान ७ विकेटले विजयी भएको हो ।

पहिले ब्याटिङ गरेर पाकिस्तानले प्रस्तुत गरेको १३१ रनको लक्ष्य अफगानिस्तानले एक बल बाँकी छँदा ३ विकेटको क्षतिमा पछ्यायो । अफगानिस्तानलाई जीत दिलाउन रहमानुल्लाह गुराबजले सर्वाधिक ४४ रन बनाए । उनलाई इब्राहिम जारदानले ३८ तथा नजिबुल्लाह जारदानले २३ रन बनाउँदै राम्रो साथ दिए ।

यसअघि इमाद वसिमको शानदार ६४ रनको मद्दतले पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन बनाएको थियो । त्यस्तै कप्तान शहदाब खानले ३२ रन बनाए । अफगानिस्तानका लागि फजलहक फारुकीले किफायती बलिङ गर्दै ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । 

पहिलो खेलमा पाकिस्तान ६ विकेटले पराजित भएको छ । योसँगै एक खेल अगावै अफगानिस्तानले शृङ्खला आफ्नो पक्षमा पार्न सफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप