शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

मंगलबारसम्म मन्त्रिपरिषद् विस्तार नहुने, दलहरु आन्तरिक छलफलमा

सोमबार, १३ चैत २०७९, ०८ : ४०
सोमबार, १३ चैत २०७९

काठमाडौं । मन्त्रिपरिषद् विस्तार मंगलबारसम्म लम्बिने देखिएको छ । सत्ता गठबन्धन सम्बद्ध दलहरु मन्त्रालय भागबण्डाको अन्तिम टुंगो लाग्नुअघि आन्तरिक छलफलमा जुटेपछि मंगलबारसम्म मन्त्रिपरिषद् बिस्तार नहुने निश्चित देखिन्छ ।

कांग्रेसले मन्त्री छनोटबारे छलफल गर्न मंगलबार विहान ९ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । नेताहरुका अनुसार बैठकले मन्त्री छनोटको अधिकार सभापति शेरबहादुर देउवाले दिनेछ । यता सत्तासीन माओवादी केन्द्र पनि आन्तरिक छलफलमा छ ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीभित्र मन्त्रीको जिम्मेवारी हेरफेर संवाद गरिरहेका छन् । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र संघीय मामिला तथा स्थानीय मन्त्री अमनलाल मोदीको जिम्मेवारी हेरफेर हुनसक्ने माओवादी वृत्तमा चर्चा छ । मन्त्रालय भागबण्डाको प्रस्ताव तयार पार्न प्रधानमन्त्री प्रचण्डले गठबन्धन सम्बद्ध दलका नेतासँग वान टू वान छलफल गरेका छन् । 

माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनता समाजवादी पार्टी (जसपा),  एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने तयार छन् ।

प्रधानमन्त्री प्रचण्डले ती दलहरूसँग कति मन्त्रालय र कुन–कुन मन्त्रालय दिने भन्ने विषयमा छुट्टाछुट्टै छलफल गरेका छन् । त्यही छलफलको आधारमा प्रधानमन्त्रीले आफ्नो प्रस्ताव पेस गर्नेछन् । तर नेकपा एकीकृत समाजवादी र जसपा र लोसपाले स्वभाविक दाबी गरेपछि गठबन्धन बैठक प्रभाविकत भएको प्र्रधानमन्त्रीको सचिवालय बताउँछ । 

रास्वपा उपप्रधानसहित तीन मन्त्रालयमा भागेको छ । एकीकृत समाजवादीले र जसपाले ३/३ मन्त्रालय दाबी गरेका छन् भने लोसपा र नाउपाले २ मन्त्रालय मागेका छन् । कांग्रेसले ८ मन्त्रालयको दाबी गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारमा सहभागिता पनि अन्योलपूर्ण छ । बुधबार यता गठबन्धनको संयुक्त बैठक बस्न सकेको छैन ।

आइतबार संघीय संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले मन्त्रिपरिषद विस्ता हुन २/३ दिन लाग्ने बताएका थिए । ‘कहिले प्रधानमन्त्रीले गठबन्धनसँग जोडिएका विश्वासको मत दिने दल र त्यो विश्वासका मत दिदाँ गठबन्धनमा छौँ भन्ने दलहरुका बीचमा प्रधानमन्त्रीले संवाद गरिरहनुभएको छ । सम्भवतः २/३ दिन भित्रमा यसले पूर्णता पाउँछ,’ उनको भनाइ  थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप