सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

चार डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

सोमबार, १३ चैत २०७९, ११ : ५०
सोमबार, १३ चैत २०७९

काठमाडौँ । गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ।  सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु क्रमशः सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। 

प्रहरी महानिरीक्षक सदस्य सचिव हुने बढुवा समितिमा अध्यक्ष गृह सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिव सदस्य हुन्छन्।  धिरज प्रताप सिंहले महानिरीक्षकबाट अवकाश पाएसँगै उनका ब्याचीहरुले अवकाश पाएका थिए। खाली रहेको चार एआइजी पदमा सोमबार बढुवा सिफारिस गरेको हो।

336940525_523689243298163_275605002846062172_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप