शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गर्मीमा पनि तामाको भाँडामा राखिएको पानी पिउनुहुन्छ ? कति मात्रामा, कहिले पिउनु सही ?

सोमबार, १३ चैत २०७९, १२ : १०
सोमबार, १३ चैत २०७९

गर्मी दिनानुदिन बढिरहेको छ । कतिले पिउने पानीको लागि माटोको भाँडो किनिरहेका छन् । कोहीलाई भने पानीको मामिलामा चिसो र गर्मीको कुनै असर हुँदैन । केही मानिसहरू हरेक मौसममा पानीका लागि तामाको गिलास वा जगको प्रयोग गर्छन् । 

हामीले धेरै पटक पढेका र सुनेका छौँ कि तामाको भाँडामा राखिएको पानी खाँदा थुप्रै स्वास्थ्य लाभ मिल्छ । 

तर यहाँ के प्रश्न उठ्छ भने गर्मी मौसममा पनि तामाको भाँडामा राखिएको पानी पिउनु सही हो ? गर्मीका कारण तामाजस्तो धातुमा कुनै प्रतिक्रिया त हुँदैन ? कस्ता मानिसले तामाको भाँडामा राखिएको पानी पिउनु हुँदैन ? आज यसबारे विशेषज्ञमार्फत जानकारी लिऔँ ।  

विशेषज्ञ प्यानल –

डा. अन्जु विश्वकर्मा, डाइटिशियन

डा. हरिप्रसाद यादव, एचओडी, ग्यास्ट्रोएन्टेरोलोजिस्ट, मेदान्त अस्पताल

डा. रमाकान्त शर्मा, प्राकृतिक चिकित्सा विशेषज्ञ

प्रश्न: के हो कपर चार्ज्ड वाटर ? 

जवाफ : तामाको भाँडो, बोतल पा जगमा पानी भरेर त्यसलाई आठ घण्टासम्म छोड्नुहोस् । बिहान यो पानी पिउनुहोस् । यो प्रक्रियालाई ओलिगोडायनेमिक इफेक्ट भनिन्छ, जसमा तामाको गुण पानीमा मिल्ने गर्छ । यही पानी ताम्र जल वा कपर चार्ज्ड वाटर भनिन्छ । तामाले पानीमा भएका थुप्रै प्रकारको ब्याक्टेरियालाई नष्ट गरेर त्यसको शुद्धीकरण गर्छ । पानीलाई १२ घण्टाभन्दा बढी नराख्नुहोस् । 

प्रश्न : मानिसहरूले तामाको भाँडोमा पानी राखेर किन पिउने गर्छन् ?

उत्तर : सद्गुरुको नामले चिनिने ईशा फाउन्डेसनका संस्थापक जग्गी वासुदेवका अनुसार,

–तामाको भाँडोमा राखेको पानी पिउँदा शरीरमा वात, पित्त र कफको सन्तुलन कायम रहन्छ, जसले हाम्रो शरीरलाई धेरै रोगबाट बचाउँछ ।

– तामा एक खनिज हो, जुन हाम्रो शरीरको लागि आवश्यक छ ।

– यसमा एन्टिमाइक्रोबियल, एन्टी–इन्फ्लेमेटरी, एन्टी–कार्सिनोजेनिक र एन्टी–अक्सिडेन्ट गुणहरू प्रशस्त पाइन्छन् । जसले हेमोग्लोबिन बनाउन र कोशिकाहरू विकास गर्न मद्दत गर्छ ।

प्रश्न: त्यसो भए के हामी गर्मीमा पनि तामाको भाँडामा राखिएको पानी पिउन सक्छौँ ?

उत्तर : हो तपाईँ सक्नुहुन्छ तर यसका लागि तपाईंले केही कुराहरू ख्याल गर्नुपर्छ –

– सबैभन्दा पहिले ८ घण्टाभन्दा बढी राखिएको पानी नपिउनुहोस् ।

– स्वस्थ व्यक्तिले दिनमा अधिकतम २ गिलास तामाको पानी पिउनुपर्छ ।

प्रश्न : गर्मी र तामाको पानी बीचको समस्या के हो ?

उत्तर : आयुर्वेदमा तामाको उपयोग भस्मको रूपमा गरिन्छ । यसमा तामाको धातु गुणहरू मारिन्छन्, त्यसपछि प्रयोगमा ल्याइन्छ । काँचो तामामा पानी पिउनाले स्वास्थ्यलाई हानि पुर्‍याउँछ ।

तामामा ८ घण्टाभन्दा बढी समयसम्म पानी राखेमा पानीको प्रभाव तातो हुन्छ ।

जसका कारण गर्मी मौसममा तातो प्रभाव सहितको पानी पिउनाले धेरै शारीरिक समस्या निम्त्याउन सक्छ । कुनै पनि कुरा पचाउन समस्या हुन सक्छ ।

प्रश्न: कोही–कोहीलाई बाह्रै महिना तामाको भाँडोमा पानी पिउने बानी हुन्छ, के यो सही हो ?

उत्तर: अहँ, तामाको पानी दिनभर पिउनु हुँदैन ।

प्रश्न: तामाको पानी कसले पिउनु हुँदैन ?

उत्तर: केही विशेष रोग लागेका व्यक्तिहरूले तामाको भाँडामा राखेको पानी पिउन र त्यसमा भएको खानेकुरा खानु हुँदैन ।

यसको अत्यधिक सेवनले कपर टक्सिसिटी हुनसक्छ । यसका साथै पेट दुख्ने, बान्ता हुने र मिर्गौलासँग सम्बन्धित गम्भीर समस्या हुनसक्छ । यसका साथै जसलाई विल्सन रोग छ, उनीहरूका लागि पनि यो हानिकारक हुन्छ । 

यी चार रोग लागेका बेला पनि तामाको पानी नपिउनुहोस्

विल्सन रोग 

शरीरमा तामा अत्यधिक मात्रा हुँदा विल्सन रोग लाग्छ । यसमा आँखा, दिमाग र कलेजोजस्ता शरीरका थुप्रै अङ्गमा तामा जम्मा हुने गर्छ । यस्तोमा तपाईँ तामाको भाँडोमा बर्तनको प्रयोग गर्नुहुन्छ भने स्थिति गम्भीर हुनेछ ।

हाइपर एसिडिटी

थुप्रै घण्टा चार्ज भएपछि तामाको पानीको प्रभाव तातो हुन्छ जसले गर्दा एसिडिटी बढ्छ । यो मानिसको स्वास्थ्यका लागि हानिकारक छ ।

मिर्गौलाका बिरामी

आवश्यकताभन्दा बढी तामाको पानीले मिर्गौला रोगीलाई थप समस्या निम्त्याउँछ । खुट्टा सुन्निने व्यक्ति वा जो डायलाइसिसमा छन्, उनीहरुले यसै पनि त्यति पानी खानुपर्छ जति पिसाबबाट गइरहेको छ । यस्तोमा तामाको भाँडोमा राखिएको पानी खतरनाक हुनसक्छ ।

मुटु रोगी

केही मानिस यसलाई मुटु रोगीका लागि फाइदाजनक मान्छन् । तर सबै मुटु रोगीका लागि यो सही होइन । जसको सास फुल्छ, जसलाई थोरै हिँड्दा पनि स्वाँस्वाँ आउँछ, उनीहरुले पनि तामाको पानी खानुहुँदैन । यदि पिउनुहुन्छ भने आफ्नो डाक्टरसँग सल्लाह लिनुहोस् । 

प्रश्न : तामाको पानी पिउनका लागि कुनै सही समय हुन्छ ?

जवाफ : हो, पक्कै पनि हुन्छ । बिहानको समय खानी पेटमा तामाको भाँडोमा राखिएको पानी पिउनुपर्छ ।

प्रश्न : बिहान खाली पेट तामाको भाँडामा राखिएको पानी पिउँदा कुनै फाइदा हुन्छ ?

जवाफ : सद्गुरुले तामाको भाँडोमा राखिएको पानी पिउनुका फाइदा बताएका छन् –

१. पेटको समस्या 

ग्यास, एसिडिटी, कब्जियत र अपचको समस्याले बिस्तारै छुटकारा दिन्छ ।

२. डिटक्सिफिकेसन 

शरीरको फोहोर निकाल्नका लागि उत्कृष्ट तरिका हो । यसले रगत सफा हुन्छ, शरीर डिटक्स हुन्छ । रगत बढाउँछ ।

३. एन्टिइन्फ्लेमेटरी गुण 

यसमा एन्टिइन्फ्लेमेटरी गुण हुन्छ । यसले जोर्नी दुखाइमा आराम दिन्छ, सुजन पनि कम हुन्छ । यदि बाथसँग सम्बन्धित कुनै समस्या छ भने यसमा पनि राहत मिल्छ । यदि बाथसँग सम्बन्धित कुनै समस्या छ भने यसमा पनि राहत मिल्छ । कार्डियोभास्कुलर स्वास्थ्यलाई पनि यसले राम्रो बनाउँछ ।

४. छालाको सुन्दरता 

खाली पेट तामाको पानी पिउँदा शरीरको सबै टक्सिन बाहिर निकाल्छ जुन डन्डिफोर, चाया, पोतोका प्रमुख कारक हुन्छन् । यसले छालामा निखार आउँछ ।

५. ब्याक्टेरिया नष्ट गर्छ

तामाको भाँडोमा राखिएको पानीमा सबै ब्याक्टेरिया नष्ट हुन्छन् । जसले भाइरस र सङ्क्रमण हुने खतरा कम हुन्छ । व्यक्ति चाँडै बिरामी हुँदैनन् ।

६. इम्युनिटी बुस्टर

शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । तामाको पानीले इम्युनिटी बुस्ट गर्नुका साथै शरीरलाई ऊर्जावान् राख्छ । हाइपर टेन्सन नियन्त्रण गर्छ ।   

प्रश्न: दिनभर तामाको भाँडामा राखेको पानी पिउँदा कुनै हानि हुन्छ ?

उत्तर : तामाको पानी धेरै पिउने हो भने टाउको दुख्ने, बान्ता हुने, मिर्गौला र कलेजोको समस्या हुन सक्छ ।

प्रश्न : ठीक छ, त्यसो भए एक दिनमा तामाको पानी कति पिउनु पर्छ ?

उत्तर : दिनमा १–२ गिलास मात्रै तामाको भाँडोमा राखिएको पानी पिउनुपर्छ । यसलाई बिहान खाली पेटमा वा दिनको कुनै पनि समयमा पिउनुहोस्, तर २ गिलास भन्दा बढी हुँदैन ।

प्रश्न : शरीरमा तामाको मात्रा बढी अर्थात तामाको विषाक्तता छ भनेर कसरी थाहा पाउने ?

उत्तर : यदि तपाईँ तल उल्लेखित यी लक्षणहरू देख्दै हुनुहुन्छ भने तपाईँ  सतर्क हुनुपर्छ । शरीरमा तामाको मात्रा बढी हुन सक्छ ।

मुख्य लक्षणहरू हुन्...

– हड्डीसँग सम्बन्धित समस्या

– मांसपेशीमा ऐँठन

– दुखाइ / कमजोरी

– मिर्गौलामा समस्या

– गम्भीर पेट दुखाइ

– वान्ता

– अत्यधिक तिर्खा

– स्वादमा परिवर्तन

– चिडचिडेपन

– ध्यान केन्द्रित गर्न समस्या

प्रश्न : गर्भवती महिलाले तामाको भाँडोमा राखिएको पानी पिउन सक्छिन् ?

उत्तर : गर्भवती महिलाले चिकित्सकको सल्लाह लिएर मात्र पिउनुपर्छ । यदि तपाईँ गर्भावस्था अघि पनि यस्तो पानी पिउनुहुन्थ्यो भने पनि डाक्टरसँग परामर्श गर्नुहोस् ।

प्रश्न : तामाको भाँडामा सबै प्रकारका खाना पकाएर खान सुरक्षित छ ?

उत्तरस् होइन, न त यसमा सबै कुरा पकाउन सकिन्छ न त राखेर खान सकिन्छ । रासायनिक प्रतिक्रियाको कारण, शरीरलाई हानि हुन सक्छ ।

प्रश्न : तामाको भाँडोमा राखिएको पानी पिउँदा के के गल्तीहरूबाट बच्नुपर्छ ?

उत्तर : हामी र तपाईँ सामान्यतया के गल्ती गर्छौँ, तल लेखिएका बुँदाहरूबाट बुझ्नुहोस् ...

१. गर्मीमा पिउँछौँ 

तामाको पानीको प्रभाव न्यानो हुन्छ र एन्टिसेप्टिक गुणहरू छन् । यो गर्मीमा भन्दा जाडोमा पिउनु राम्रो हुन्छ ।

२. राम्रोसँग भण्डार गर्दैनौँ

तामाको पानी खुला नराख्नुहोस् । यसलाई छोपेर राख्नुहोस् । ६–८ घण्टाभन्दा बढी राखिएको पानी नपिउनुहोस् ।

३. तामाको बोतल फ्रिजमा राख्छौँ 

फ्रिजमा तामाको बोतल नराख्नुहोस् । यसका लागि कोठाको तापमान उत्तम हुन्छ ।

४. सफा गर्दैनौँ

तपाईंले पानी राख्नु भएको भाँडोलाई राम्ररी सफा गर्नुहोस् । यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँ यसलाई कागतीको रसले  सफा गर्न सक्नुहुन्छ ।

प्रश्न : खाना खाँदा वा खाएपछि तामाको पानी पिउनुपर्छ ?

उत्तर : आयुर्वेदाचार्य तथा योग वैज्ञानिक नित्यानन्दम श्रीका अनुसार खाना खाँदा कुनै पनि प्रकारको पानी पिउनु हुँदैन । तपाईँले कहिलेकाहीँ सामान्य पानी पिउन सक्नुहुन्छ, तर तामाको पानी कहिल्यै पिउनु हुँदैन । यसले पाचन प्रणालीमा नराम्रो असर पार्न सक्छ । जसका कारण खाना पचाउन समस्या हुने, पेट दुख्ने गर्छ ।

प्रश्न: ठिक छ, त्यसो भए हामीले कुन मौसममा तामाको पानी पिउने ?

उत्तर : यसका लागि जाडो र वर्षाको मौसम उत्तम हुन्छ । यसका दुई वटा कारण छन्...

आयुर्वेदका अनुसार जाडो मौसममा बिहान खाली पेटमा तामाको भाँडोमा राखेको पानी पिउनाले त्रिदोष अर्थात् कफ, पित्त र वात सन्तुलनमा मद्दत गर्छ । २ देखि ३ गिलास पानीले स्वास्थ्यमा बुस्टरको काम गर्छ ।

वर्षा याममा ब्याक्टेरिया बढ्छ । यी ब्याक्टेरिया हाम्रो शरीरमा गएर हानि गर्छ । त्यसैले पेटमा रहेको ब्याक्टेरियालाई मार्नको लागि पुरानो समयमा ऋषिमुनिहरुले तामाको भाँडोमा पानी पिउने गर्दथे ।

प्रश्न : के हामी तामाको बोतलमा राखिएको तातो पानी पिउन सक्छौँ ?

उत्तर : तामाको भाँडोमा ७–८ घण्टा पानी राखेमा यो स्वतः तातो प्रभावको हुन्छ । यसलाई पुनः तताउन आवश्यक छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप