सुदूरपश्चिम प्रदेश सरकारले ९ जनालाई एमबीबीएस पढ्न छात्रवृत्ति प्रदान गर्ने
सोमबार, १३ चैत २०७९, १२ : १७
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले ९ जनालाई एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गर्दै आवेदन दिन आह्वान गरेको छ । सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका दलित, आदिवासी, जनजाती, सिमान्तकृत, लोपोन्मुख समुदाय, पिछडिएको क्षेत्र र जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
मूल्याङ्कनमा उत्कृष्ट अंक ल्याउने ९ जनालाई छात्रवृत्ति प्रदान गरिने मन्त्रालयले जनाएको छ । प्रति विद्यार्थी प्रति वर्ष १० लाख रूपैयाँका दरले ५ वर्षसम्म निरन्तर उक्त रकम प्रदान गरिनेछ । त्यसका लागि चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा पास भएको हुनुपर्नेछ । आवेदन १२ चैतदेखि २६ चैतसम्म दिन सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण