विराट गोल्डकपमा आजबाट सेमिफाइनल खेल, टिकटको मूल्य घटयो
विराटनगर । विराटनगरमा जारी सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनल खेल आज सोमबारबाट सुरू हुदैछ । विराटनगरस्थित सहिद मैदानमा सुरू हुने राीत्रकालिन विराट गोल्डकपमा सोमबार राती ६ः४५ बजे पहिलो सेमिफाइनल खेल घरेलु टिम विराटनगर सिटी (बीसिएफ) र ‘ए’ डिभिजन टिम जावलाखेल युथ क्लबबीच हुँदैछ ।
जावलाखेलले विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा पराजित गरेको थियो भने घरेलु टिम विराटनगर सिटीले पूर्व बिजेता विभागीय टिम नेपाल पुसिललाई १–० गोलले हराउँदै सेमिफाइनलको स्थान सुरक्षित गरेको थियो ।
आयोजकले विराट गोल्डकपको सेमिफाइनल खेलको टिकटको मुल्य घटाएको छ । सोमबार पत्रकार सम्मेलन गरी सेमिफाइनलमा टिकट दर घटाएको जानकारी गराएको हो । सेमिफाइनल खेलको टिकट दर परिमार्जन गरेर ५०० बाट ३०० रुपैँया कायम गरेको विराट गोल्डकपका सह–संयोजक शुभासिश कोइरालाले बताए । दर्शकहरुको मागअनुसार टिकट दर घटाइएको उनले बताए ।
सेमिफाइनल खेलहरू यसअघि आयोजकले ५ सय रुपैयाँ टिकट शुल्क तोकेको थियो । प्रतियोगितामा सहभागी हुने दर्शकले टिकट खरिद खुल्ला गरिसकिएको छ । टिकेटिङ्ग पार्टनर खल्ती एपसँग सम्झौता गरिएको छ । टिमले २० लाख १५ हजार नगद र उप–विजेताले १० लाख २५ हजार प्राप्त गर्नेछ । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद २५ हजार पाउने छन् । म्यान अफ द म्याचलाई ११ हजार पुरस्कार दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण