बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विराट गोल्डकपमा आजबाट सेमिफाइनल खेल, टिकटको मूल्य घटयो

सोमबार, १३ चैत २०७९, १४ : ३५
सोमबार, १३ चैत २०७९

विराटनगर । विराटनगरमा जारी सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनल खेल आज सोमबारबाट सुरू हुदैछ । विराटनगरस्थित सहिद मैदानमा सुरू हुने राीत्रकालिन विराट गोल्डकपमा सोमबार राती ६ः४५ बजे पहिलो सेमिफाइनल खेल घरेलु टिम विराटनगर सिटी (बीसिएफ) र  ‘ए’ डिभिजन टिम जावलाखेल युथ क्लबबीच हुँदैछ । 
जावलाखेलले विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा पराजित गरेको थियो भने घरेलु टिम विराटनगर सिटीले पूर्व बिजेता विभागीय टिम नेपाल पुसिललाई १–० गोलले हराउँदै सेमिफाइनलको स्थान सुरक्षित गरेको थियो । 

आयोजकले विराट गोल्डकपको सेमिफाइनल खेलको टिकटको मुल्य घटाएको छ । सोमबार पत्रकार सम्मेलन गरी सेमिफाइनलमा टिकट दर घटाएको जानकारी गराएको हो । सेमिफाइनल खेलको टिकट दर परिमार्जन गरेर ५०० बाट ३०० रुपैँया कायम गरेको विराट गोल्डकपका सह–संयोजक शुभासिश कोइरालाले बताए । दर्शकहरुको मागअनुसार टिकट दर घटाइएको उनले बताए । 

सेमिफाइनल खेलहरू यसअघि आयोजकले ५ सय रुपैयाँ टिकट शुल्क तोकेको थियो । प्रतियोगितामा सहभागी हुने दर्शकले टिकट खरिद खुल्ला गरिसकिएको छ । टिकेटिङ्ग पार्टनर खल्ती एपसँग सम्झौता गरिएको छ । टिमले २० लाख १५ हजार नगद र उप–विजेताले १० लाख २५ हजार प्राप्त गर्नेछ । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद २५ हजार पाउने छन् । म्यान अफ द म्याचलाई ११ हजार पुरस्कार दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप