गाईको मासु बेच्नेलाई कारबाही गर्न मधेसी आयोगको पत्राचार
काठमाडौँ । मधेसी आयोगले गाईको मासु बेच्ने पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा रहेको चिकेन स्टेसनलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । हिन्दु परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुट सम्बन्धी सामाजिक सञ्जाल मार्फत प्रचार गरेपछि विभिन्न हिन्दु संघ सङ्गठनहरूले मधेसी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारबाही गर्नको लागि उजुरी दर्ता गराएका थिए ।
सो उजुरी प्राप्त भएपछि आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा आयोगले गृह मन्त्रालयलाई चिकेन स्टेसनलाई कारबाही गर्न पत्राचार गरेको छ । आयोगका अध्यक्ष डा.दत्तले राष्ट्रिय जनावर तथा हिन्दु धर्मावलम्बीहरूले पूजा गर्ने गाईको मासु बेच्नु गैर-कानुनी क्रियाकलाप रहेको बताउँदै आयोगले यो विषयमा तुरुन्त कारबाही गर्न गृहलाई पत्र पठाइएको बताएका छन् । अध्यक्ष डा.दत्तले यस्ता गैर-कानुनी काम गर्ने जो-सुकैलाई पनि आयोगले कानुनी दायरामा ल्याई कारबाही गरिने जानकारी दिएका छन् ।
आयोगले सामाजिक सञ्जाल फेसबुकमा मो.कबिर नाम गरेको व्यक्तिले हिन्दु धर्मका देवी देवताहरू माथि अपशब्द प्रयोग गरी सम्पूर्ण हिन्दु धर्मावलम्बीहरू माथि प्रहार गर्नेलाई समेत कानुनी दायरामा ल्याई तुरुन्त कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण