सुर्खेतमा अवैध रुपमा ल्याएको १० क्विन्टल चिनी बरामद
सोमबार, १३ चैत २०७९, १७ : ४१
सुर्खेत । सुर्खेत प्रहरीले अवैद्य रुपमा ल्याइएको १० क्विन्टल चिनी बरामद गरेको छ । नेपालगन्जबाट सुर्खेत ल्याउँदै गरेको उक्त चिनी छिन्चु बजारदेखि बरामद गरिएको हो ।
प्रहरीका अनुसार सुर्खेततर्फ आउँदै गरेको ना.३ ख. ९२७ नं. को ट्रक चेक जाँच गर्दा उक्त ट्रकभित्र लुकाई छिपाई ल्याएको र कुनै पनि बिल नभएको २० बोरा चिनी फेला परेको थियो । साथै अन्य पान सम्बन्धि विभिन्न आइटम सामाग्रीहरु पनि बरामद गरिएको सुर्खेत प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाडी प्रहरीको नियन्त्रणमा रहेको छ । पछिल्लो समय बजार महँगी बढेसँगै अवैद्य सामग्रीको ओसारपसार बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण