सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा अवैध रुपमा ल्याएको १० क्विन्टल चिनी बरामद

सोमबार, १३ चैत २०७९, १७ : ४१
सोमबार, १३ चैत २०७९

सुर्खेत । सुर्खेत प्रहरीले अवैद्य रुपमा ल्याइएको १० क्विन्टल चिनी बरामद गरेको छ । नेपालगन्जबाट सुर्खेत ल्याउँदै गरेको उक्त चिनी छिन्चु बजारदेखि बरामद गरिएको हो । 

प्रहरीका अनुसार सुर्खेततर्फ आउँदै गरेको ना.३ ख. ९२७ नं. को ट्रक चेक जाँच गर्दा उक्त ट्रकभित्र लुकाई छिपाई ल्याएको र कुनै पनि बिल नभएको २० बोरा चिनी फेला परेको थियो । साथै अन्य पान सम्बन्धि विभिन्न आइटम सामाग्रीहरु पनि बरामद गरिएको सुर्खेत प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाडी प्रहरीको नियन्त्रणमा रहेको छ । पछिल्लो समय बजार महँगी बढेसँगै अवैद्य सामग्रीको ओसारपसार बढेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप