मिटरब्याजी पीडितहरूको मागप्रति बालेन शाहको ऐक्यबद्धता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मिटरब्याजी पीडितहरूको मागप्रति ऐक्यबद्धता जनाएका छन्। विगत केही वर्षदेखि नेपाल सरकारले मिटरब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउने भने पनि पीडितले आश्वासन बाहेक केही नपाएको उनको भनाइ छ ।
सधैँ पीडितले काठमाडौँ आएर आन्दोलन गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकाले केही गर्न नसकेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
११ दिन हिँडेर काठमाडौँ आएको समाचार हेरे पछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौँ बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्थापन गर्नका लागि आज बिहानै सम्पर्क गरेको उनको दाबी छ।
तर, पीडितहरूले खुल्लामन्चमै बस्न खोजेको उनको भनाइ छ । उनले भनेका छन्, ‘हामीले सम्झाएर रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौँ । उहाँहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै नेपाल सरकार समक्ष उहाँहरूको समस्या समाधानका लागि जोडदार माग राख्दछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण