भाषा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यको शपथ ग्रहण तथा पदबहाली
काठमाडौँ । नेपाल सरकार, भाषा आयोगका नवनियुक्त अध्यक्ष डा. गोपाल ठाकुर तथा सदस्य डा. पुष्करराज भट्टले आज शपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन् । प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा एक समारोहका बीच भाषा आयोगका दुबै पदाधिकारीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
भाषा आयोगका अध्यक्ष डा. ठाकुर आफ्नो जातीय पोशाक धोती-कुर्ता-बण्डी-गम्छामा सजिएर आफ्नो मातृभाषा भोजपुरीमा समेत शपथ लिनु भयो भने सदस्य डा. भट्ट दौरा-सुरुवाल-कोट-ढाकाटोपीमा सजिएर नेपालीमा शपथ लिएका थिए ।
यस अवसरमा भाषा आयोगका सदस्यहरू ऊषा हमाल, डा. अमरराज गिरी, अमृत योञ्जन तामाङ, गोपाल प्रसाद शर्राफ (गोपाल अश्क) तथा कृष्ण प्रसाद न्यौपानेका साथै आयोगका सचिव जयराम अधिकारी, उपसचिव कमला पाण्डेयसमेतका कर्माचारीहरू उपस्थित थिए ।
यस अवसरमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर तथा रजिष्ट्रार नारायणप्रसाद पन्थीसहितका कर्मचारीहरूसमेतको उपस्थिति थियो ।
शपथ ग्रहण पछि अध्यक्ष डा. ठाकुर एवम् सदस्य डा. भट्टलाई भाषा आयोगमा निवर्तमान कार्यवाहक अध्यक्ष ऊषा हमाल तथा अन्य सदस्यहरूको साथै सचिव अधिकारीसमेतका कर्मचारीहरूले एउटा संक्षिप्त कार्यक्रम गरी स्वागत गरेका थिए । स्वागत कार्यक्रम पछि दुवैजनाले आजै पदबहाली गरी आ-आफ्ना कार्यभार ग्रहण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण