मिटरब्याजी पीडित सडकमै बास बस्ने तयारीमा
_gFGu3ZuvD0.jpg)
काठमाडौँ । मधेश प्रदेशबाट पैदल हिँडेर राजधानी आएका मिटरब्याजी पीडितले सडकमै बास बस्ने तयारी गरेका छन् । पीडितहरुले खुलामञ्चभित्र पस्न र आफ्ना माग त्यहीबाट सरकारलाई सुनाउने प्रयास गरेपनि काठमाडौँ महानगरले खुलामञ्चमा प्रवेश निषेध गरेपछि उनीहरु गेटमै रात बिताउन बाध्य भएका हुन् ।
मधेश प्रदेशबाट १२ दिन पैदल हिँडेर राजधानी आएका मिटरब्याजी पीडितहरुलाई अहिले वीर अस्पताल अगाडि बसिरहेका छन् । काठमाडौं महानगरपालिकाले खुल्लामञ्च प्रवेश गर्न नदिएपछि उनीहरुले सडकमै बास बस्ने तयारी गरेका हुन् । पीडितहरुले केन्द्र सरकार आफ्नो अभिभावक सम्झेर काठमाडौँ आएपनि प्रहरीको व्यवहार निर्दयी रहेको गुनासो गरेका छन् ।
उनीहरुले आफुहरुलाई कसैले दया गरेर खाना दिन खोजेपनि प्रहरीले खाना खान समेत नदिएको गुनासो गरे । ‘हामीमाथि नेपाल सरकारबाट तल्लो स्तरको व्यवहार भएको छ । हामी सडकमा बस्दा पनि यो खालको व्यवहार भयो । सरकारले यसलाई सच्च्याओस,’ पीडितहरुको भनाइ छ । यद्यपि, उनीहरुलाई सडकमै खाना खुवाइएको छ ।
पशुपतिस्थित धर्मशालामा उनीहरुलाई बासको प्रबन्ध गरिएपनि पीडितहरु बीर अस्पताल अगाडिबाट नहटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए । मिटरब्याजी पीडितहरुलाई विप्लव नेतृत्वको नेकपा र सुकुम्बासी संघर्ष समितिले साथ दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपाल : चार जिल्ला समितिको अधिवेशन कार्यतालिका सार्वजनिक
-
बार्सिलोनाका मार्टिनेज भन्छन्, ‘उनले मेरो कानमा आएर खुसीयाली मनाए तर, मैले थुकेको हाेइन’
-
‘राज्यसत्तासम्म दलितको पहुँच पुगेन, उनीहरूलाई जे गरे पनि हुन्छ भन्ने सोच छ’
-
रेबिज लागेर एक जनाको मृत्यु
-
‘मानिसहरूमा मानवता हराएजस्तो देखियो’
-
बेन्जेमाको अल–ईत्तिहादले रोनाल्डोको अल–नासरलाई हरायो