मिटरब्याजी पीडित सडकमै बास बस्ने तयारीमा
काठमाडौँ । मधेश प्रदेशबाट पैदल हिँडेर राजधानी आएका मिटरब्याजी पीडितले सडकमै बास बस्ने तयारी गरेका छन् । पीडितहरुले खुलामञ्चभित्र पस्न र आफ्ना माग त्यहीबाट सरकारलाई सुनाउने प्रयास गरेपनि काठमाडौँ महानगरले खुलामञ्चमा प्रवेश निषेध गरेपछि उनीहरु गेटमै रात बिताउन बाध्य भएका हुन् ।
मधेश प्रदेशबाट १२ दिन पैदल हिँडेर राजधानी आएका मिटरब्याजी पीडितहरुलाई अहिले वीर अस्पताल अगाडि बसिरहेका छन् । काठमाडौं महानगरपालिकाले खुल्लामञ्च प्रवेश गर्न नदिएपछि उनीहरुले सडकमै बास बस्ने तयारी गरेका हुन् । पीडितहरुले केन्द्र सरकार आफ्नो अभिभावक सम्झेर काठमाडौँ आएपनि प्रहरीको व्यवहार निर्दयी रहेको गुनासो गरेका छन् ।
उनीहरुले आफुहरुलाई कसैले दया गरेर खाना दिन खोजेपनि प्रहरीले खाना खान समेत नदिएको गुनासो गरे । ‘हामीमाथि नेपाल सरकारबाट तल्लो स्तरको व्यवहार भएको छ । हामी सडकमा बस्दा पनि यो खालको व्यवहार भयो । सरकारले यसलाई सच्च्याओस,’ पीडितहरुको भनाइ छ । यद्यपि, उनीहरुलाई सडकमै खाना खुवाइएको छ ।
पशुपतिस्थित धर्मशालामा उनीहरुलाई बासको प्रबन्ध गरिएपनि पीडितहरु बीर अस्पताल अगाडिबाट नहटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए । मिटरब्याजी पीडितहरुलाई विप्लव नेतृत्वको नेकपा र सुकुम्बासी संघर्ष समितिले साथ दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण