नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने

काठमाडौं । नेपाली सिनेमाका सुपरस्टार शिव श्रेष्ठले शिव दाई नामको पोडकास्ट सञ्चालन गर्ने भएका छन् । नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताएका नायक श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिएका कलाकार, रंगकर्मी तथा अन्य क्षेत्रका विशिष्ठ व्यक्तीहरुसंग अन्तरंग कुराकानी गर्नेगरि कार्यक्रम सञ्चालनको तयारी गरेका हुन् ।
उनले आफ्नै नामको च्यालनबाट एक प्रोमो सार्वजनिक गर्दै आफ्नो फिल्मी जिवनमा भोगेका अनकौं भोगाइलाई कार्यक्रममा प्रस्तुत गर्ने जनाएका छन् भने विजनेस दर्शन मिडिया हाउस प्रालिको सहकार्यमा उनले कार्यक्रम सञ्चालन गर्नेछन् । नेपाली फिल्ममा अहिले पनि शीर्ष भूमिकामा रहने श्रेष्ठको पछिल्लो समय सार्वजनिक भएको चलचित्र प्रेम गीत ३ ले नेपाल र भारतमा लोकप्रियता कमाएको थियो ।
फिल्मी कर्ममा आफ्नो ४१ वर्ष बिताएका श्रेष्ठले आफ्नो कार्यक्रममार्फत फिल्म लाइनका ४१ वर्षको अनुभव सेयर गर्नेछन । उनले प्रोमोमा भनेका भावुक हुदै भनेका छन्, ‘आज मैले रोकेर आफूलाई रोक्न सकिनँ । मलाई बनाउने दर्शक, स्रोतालाई म यस कार्यक्रमबाट सम्झिन सकु ।’
उनले आफ्नो कार्यक्रम मार्फत आफैँलाई नजिकबाट चिन्न सक्ने बताएका छन् । उनले एक औपचारिक कार्यक्रममार्फत कार्यक्रमको औपचारिक घोषणा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार