‘धोके बाज हौ तिमी’ गीत प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई
मुगु । एमाले सचिव योगेश भट्टराईले राष्ट्रपति निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई धोका दिएको बताएका छन् । मंगलवार नेपाल पत्रकार महासंघ मुगुले आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेलाई दिने सहमतिविपरीत प्रधानमन्त्रीले धोका दिएको आरोप लगाएका हुन् ।
गत १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बनाउने सहमति भए पनि माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले एमालेलाई धोका दिएको उनको आरोप छ ।
तत्कालीन सत्ता साझेदार सात दलहरुबीच एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउने सहमति भएको दाबी गर्ने सचिव भट्टराईले तर, राष्ट्रपति बनाउने बेला प्रधानमन्त्रीबाट धोका भएको दोहोर्याए ।
गायिका एलिना चौहानले ‘धोके बाज हौ तिमी, धोक बाज हौ तिमी’ गीत पनि प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भएको उनको टिप्पणी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण