मिटरब्याजी पीडितको समस्या समाधान गर्न मधेसी आयोगको अपिल
काठमाडौँ । मधेसी आयोगले मिटरब्याजी पीडितको समस्या तत्कालै समाधान गर्न सरकारलाई अपिल गरेको छ । सरकारले उनीहरूको समस्या तत्कालै समाधानका लागि “बहुवैकल्पिक पहल“ गरि पीडितहरूको अधिकारलाई राज्यले संरक्षण गर्न अपिल गर्दै आयोगले ‘राइट टु स्पिक एक्सप्रेस’ लोकतान्त्रिक अधिकारलाई समेत सम्मान गर्न पनि अपिल गरेको हो ।
तराईबाट १२ दिन लगाएर मिटरब्याजी पीडितहरू काठमाडौँ आइपुगेका छन् । उनी काठमाडौँमा विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् । सरकारले वार्ताका लागि आह्वान पनि गरेको छ तर पीडितहरू वार्तामा बस्न तयार देखिएको छैन ।
मधेसी आयोगले पीडितहरूसँग छलफल तथा समाधानको लागि आयोगका सदस्यहरू जीवछ साह, रेणु देवी साह र आभाकुमारी सहितका टोलीलाई आयोगले स्थलगत अनुगमनका लागि जिम्मेवारी दिएको छ ।
तराई–मधेशका अति विपन्न, विपन्न र मध्यम वर्गीय जनताहरू दशकौँदेखि बहुआयामिक गरिबीमा पिल्सिएको उल्लेख गर्दै आयोगले आम जनताको पहुँचमा बैंकिङ्ग र वित्तीय संस्थाहरू “आकाशको फल“ जस्तै भएको उल्लेख गरेको छ ।
कुपोषण र गरिबीबाट बाँच्नु नियति नै भई सकेको आयोगले जनाएको छ । साहुहरूको मिटर ब्याजले मानसिक रूपमै विक्षिप्त बनाएको उल्लेख गर्दै आयोगले जीवनयापनको कुनै पनि आधार नदेखिएपछि आत्महत्या गर्न पीडितहरू बाध्य भएको आयोगले जनाएको छ । राज्य यसको जानकार छ कि छैन ठम्याउन नसकेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण