कर्णालीमा कालो बादलकाबीच पनि चाँदीको घेरा देखिन्छ : प्रदेश प्रमुख परियार

सुर्खेत। कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले अरू प्रदेश हिँडेर गन्तव्यमा पुग्ने भए पनि कर्णालीले भने दौडिनुपर्ने बताएका छन् ।
आज कर्णाली प्रदेश सभाको आठौँ बैठकलाई सम्बोधन गर्दै उनले कर्णालीका लागि सङ्घीयता नभई नहुने बताए । परियारले कर्णाली प्रदेशका जनताका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य हाम्रो प्रमुख चुनौती रहेकाे बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल, जिल्ला अस्पताल र पालिका अस्पतालहरूमा सङ्घ र प्रदेशले गरेको लगानीका कारण यस प्रदेशका स्वास्थ्य सूचकहरूमा सकारात्मक परिवर्तनहरू देखा परेका बताउँदै उनले प्रदेश सरकारले विशेषज्ञ सेवा, घुम्ती स्वास्थ्य सेवा, स्वास्थ्य शिविरहरू, विपन्न लक्षित स्वास्थ्य सेवा कार्यक्रमहरूको विस्तार गर्दै जानु अत्यावश्यक रहेको बताए ।
' कालो बादलबीच पनि चाँदीको घेरा देखिन्छ भन्ने भनाइलाई मध्यनजर गर्दै कर्णालीका लागि सङ्घीयता नै उपयुक्त बाटोका रूपमा देखा परेको छ,' उनले भने,' कर्णाली प्रदेश अपार प्राकृतिक स्रोत, जैविक विविधता र सौन्दर्ययताले भरिपूर्ण प्रदेश हो। यहाँ तुलनात्मक लाभ र उच्च मूल्यका कृषि उपजहरूको भण्डार रहेको छ । देशकै आधा जडीबुटी उत्पादन गर्ने यो प्रदेश जडीबुटीको राजधानी हो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
टोपबहादुर निलम्बन र मणिलाई ‘बिदा’ दिँदा एमालेमा भीम रावल गायब !
-
भारत भ्रमणबारे राष्ट्रिय सभामा के भने प्रधानमन्त्री प्रचण्डले ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ?
-
प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : माहोल बिग्रने त्यो अचम्मको पोको के हो ?
-
सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी