सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

एमालेको मिसन ग्रास रुट अभियान : लुम्बिनीमा ओलीका पाँच दिन

मङ्गलबार, १४ चैत २०७९, २० : ५१
मङ्गलबार, १४ चैत २०७९

बुटवल । गत चैत ११ लुम्बिनी प्रदेश आएका नेकपा एमाले अध्यक्ष केपी ओलीले एकपछि अर्को जिल्ला गर्दै प्रदेशमा पाँच दिन बिताउने भएका छन् । पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत रुपन्देही हुँदै कपिलवस्तुका प्रवेश गरेका पूर्वप्रधानमन्त्री ओली ओली यहाँका विभिन्न जिल्लाका एक दर्जनभन्दा धेरै कार्यक्रमका सहभागी भइसकेका छन् । 

आज पाल्पामा रहेका उनी भोलि दिनभर रुपन्देहीका कार्यक्रमहरू सकेर साँझ काठमाडौँ फर्कने योजनामा छन् । लुम्बिनी आएर सुरुमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र निरीक्षण गरेपछि उनी साेहो दिन कपिलवस्तुका दुई वटा कार्यक्रम सकेर त्यो रात चन्द्रौटामा बसेका थिए । 

अध्यक्ष भएपछि औपचारिक कार्यक्रममा तेस्रो पटक कपिलवस्तु आएका ओलीले लामो समय लिएर कार्यकर्तालाई सम्बोधन गर्दै पार्टीका योजना र आगामी रणनीतिबारे प्रशिक्षण दिएका थिए । 

337016760_948306559532427_378843802173556597_n

१२ गते ओली गोरुसिङ्गे, पत्थरकोट हुँदै बाटोमा नेता कार्यकर्तालाई भेट्दै अर्घाखाँचीको सन्धिखर्कको कार्यक्रम सम्बोधन गर्न पुगे ।जिल्ला सदरमुकाममा आयोजित ग्रासरुट अभियानको  कार्यक्रमपछि उनी अन्य साना साना कार्यक्रम पनि सहभागी भए । ठाउँमा ठाउँमा पुराना तथा नेता कार्यकर्तालाई सम्मान गर्ने, भेटघाट गर्ने गर्दै अर्घादेवी भगवतीको पूजा गर्न समेत भ्याएका थिए । यस्तै सुपा देउराली मन्दिरमा समेत उनी पुगेका थिए । 

अर्घाखाँचीमा स्थानीय र सङ्घीय तथा प्रदेशको निर्वाचनको नतिजाप्रति सन्तोष व्यक्त गरेका उनले अन्य जिल्लालाई पनि अर्घाखाँचीबाट सिको गर्न सन्देश दिएका दिएको प्रदेश सभा सदस्य तथा हाल लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री चेतनारायण आचार्यले बताए । 

337004182_234093425753631_3319754371180635459_n

१३ गते बिहान खनखन दह, डाँडाकटेरी, छेडाको डाँटीमा नेता कार्यकर्ताको विशेष सम्मान ग्रहण गर्दै गुल्मीको तम्घासमा कार्यकर्ता भेला तथा प्रशिक्षणमा सम्बोधन गर्न पुगेका थिए । कार्यक्रममा बोल्दै उनले पार्टीको बहुमत ल्याउने मिसनमा लाग्न हरेक नेता कार्यकर्तालाई उत्साहित बनाए । उनले त्यहाँ पनि पार्टीलाई योगदान दिएका नेता कार्यकर्ता र माओवादी युद्धमा प्रभावित पार्टीका नेता कार्यकर्ताको परिवारलाई सम्मान गरेका  थिए । 

पत्नी राधिका शाक्यसहित अध्यक्ष ओलीले गुल्मीको पर्यटकीय क्षेत्र रेसुङ्गाको अवलोकन गरे थिए । यस्तै गुल्मीबाट पाल्पा आउने बाटो पर्ने  गुल्मीको छत्रकोट गाउँपालिकाको पिपल नेटा घेरिटोलासम्म १३ किमी सडक कालोपत्रे  गर्ने  कार्यको  उद्घाटन गरेका थिए । यस्तै छत्रकोट गाउँपालिकाले सम्मानपत्र सहित गुल्मीमा खुदोबाट बनेको गुड कोसेली समेत ग्रहण गरे । 

334521807_918704259277719_4743878288291140987_n

त्यसपछि पाल्पाको तानसेन नगरपालिका वार्ड नम्बर ९ दककाडा रहेको नमुना माध्यमिक विद्यालयको कार्यक्रम पनि ओली सहभागी भएका छन् । 

मंगलबार साँझ पनि तानसेनमा जिल्ला स्तरका नेताहरूसँग भेटघाटमा रहेका छन् । उनी आज तानसेन बस्ने छन्  भने भोलि बिहान रुपन्देही आउने कार्यक्रम रहेको छ । ओलीले बुधबार बिहान १० बजे बुटवलको शिद्धबाबा अस्पतालको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि ११ बजे बुटवलको एक सामुदायिक टेलिभिजनको अधिवेशन उद्घाटन गर्ने छन् । 

१२ बजे बुटवलको एक होटेलमा पार्टीका अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ भने बुटवलका मण्डलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गर्ने उनको तयारी छ । उनी साँझ नै काठमाडौँ फर्कने योजना रहेको छ । ५ दिन प्रदेशमा बस्दा अध्यक्ष ओलीले ५ जिल्लाका एक दर्जन भन्दा धेरै कार्यक्रम सहभागी हुन भ्याएका छन् । 

329520934_2475368225950015_4353531804786216840_n337014313_772911154398255_856618697557343079_n337056181_981408316355220_845323039134463688_n337085508_1890515071326682_5475037469895620844_n337133533_687649890027573_8841847862612549968_n337159939_1311104396147154_4375436458216484421_n337171590_731242695364265_3184390105919123004_n337172785_3037151769927354_4170869591809146008_n337184951_2165502863636161_5489996664533672668_n337215987_873816187047114_7775967665700219041_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप