अख्तियारको एक्सन : पक्राउ परेका दुई जनाको साथबाट स्रोत नखुलेको नगद बरामद
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज घुससहित पक्राउ परेका दुई जनाको साथबाट थप रकम बरामद गरेको छ । अख्तियारको टोलीले नापी कार्यालय मनमैंजु, काठमाडौँमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीको साथबाट स्रोत नखुलेको थप नगद बरामद गरेको हो ।
अख्तियारको टोलीले सुरुमा उनीहरुलाई एक लाख पचहत्तर हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले उपरकोटी र कार्कीलाई सेवाग्राहीबाट लिएको उक्त घुससहित नियन्त्रणमा लिएको थियो ।
त्यसपछि खानतलासी गर्दा कार्कीको साथबाट स्रोत नखुलेको सात लाख उनन्सत्तरी हजार पाँच सय रुपैयाँ बरामद भएको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए ।
यस्तै उनको साथबाट अभिशेक कार्कीको नाममा काटिएको सोह्र लाख रुपैयाँको चेक पनि बरामद भएको छ । यस्तै सर्भेक्षक उपरकोटीको साथबाट स्रोत नखुलेको एक लाख पचासी हजार तीन सय अठासी रुपैयाँ बरामद भएको उनले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण