अख्तियारको एक्सन : पक्राउ परेका दुई जनाको साथबाट स्रोत नखुलेको नगद बरामद

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज घुससहित पक्राउ परेका दुई जनाको साथबाट थप रकम बरामद गरेको छ । अख्तियारको टोलीले नापी कार्यालय मनमैंजु, काठमाडौँमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीको साथबाट स्रोत नखुलेको थप नगद बरामद गरेको हो ।
अख्तियारको टोलीले सुरुमा उनीहरुलाई एक लाख पचहत्तर हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले उपरकोटी र कार्कीलाई सेवाग्राहीबाट लिएको उक्त घुससहित नियन्त्रणमा लिएको थियो ।
त्यसपछि खानतलासी गर्दा कार्कीको साथबाट स्रोत नखुलेको सात लाख उनन्सत्तरी हजार पाँच सय रुपैयाँ बरामद भएको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए ।
यस्तै उनको साथबाट अभिशेक कार्कीको नाममा काटिएको सोह्र लाख रुपैयाँको चेक पनि बरामद भएको छ । यस्तै सर्भेक्षक उपरकोटीको साथबाट स्रोत नखुलेको एक लाख पचासी हजार तीन सय अठासी रुपैयाँ बरामद भएको उनले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार फणिदेव महतको निधन
-
वैकल्पिक शक्तिसँग सहकार्य गर्न नेसपा (नयाँ शक्ति)द्वारा राजनीतिक संवाद समिति गठन
-
उरुग्वेका पूर्वराष्ट्रपति मुहिकाको निधन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गण्डकीमा राइड शेयरिङले पायो कानुनी मान्यता, नियमावली मन्त्रिपरिषद्बाट पारित
-
जगदुल्ला ठेक्का विवादमा उच्चले मगायो खरिद प्रक्रियाको सक्कल फाइल