बक्सिङको राष्ट्रिय निर्णायक कोर्स सुरु
काठमाडौँ । बक्सिङ खेलको राष्ट्रिय रेफ्री जज सर्टिफिकेसन कोर्स मङ्गलवारदेखि सुरु भएको छ । देशभरिका छब्बिस जिल्लाका ४५ जना पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीहरू सहभागी रहेको साताव्यापी निर्णायक कोर्स सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले कोर्सको उद्घाटन गर्दै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गर्नका लागि प्राविधिक जनशक्तिको नितान्त आवश्यकता रहेको कुरा औल्याउदै खेलाडीहरू तथा प्राविधिकहरूको स्तरबृद्धिका लागि यस्ता प्रशिक्षणहरू निरन्तर रूपमा आयोजना गर्नु पर्नेमा जोड दिए । उनले यस कोर्सबाट अन्तर्राष्ट्रियस्तरमा समेत सहभागी भई निर्णायकको भूमिकामा सहभागिता भएको हेर्ने चाहना व्यक्त गरे ।
उक्त प्रशिक्षणलाई नेपालका पहिलो अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल (आईटिओ) तथा केन्द्रीय सदस्य पुष्करराज पन्तले सञ्चालन गर्ने छन् भने सहायक प्रशिक्षकमा केन्द्रीय महासचिव सविन भट्टाचार्य तथा आईवा टु स्टार रेफ्री जज धनकुमार मैनाली रहेका छन् ।
नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्य मानबहादुर भण्डारीको सञ्चालन तथा सङ्घका अध्यक्ष राम अवालेको सभापतित्वमा भएको उक्त प्रशिक्षणमा सङ्घका महासचिव सविन भट्टाचार्यले अनुशासित भएर सङ्घले प्रदान गरेको यस अवसरलाई ग्रहण गर्न अनुरोध गर्दै प्रमुख अतिथिलगायत उपस्थित सम्पूर्णलाई स्वागत गरे । सङ्घका अध्यक्ष राम अवालेले उद्घाटन सत्रको समापन गर्दै सङ्घले यस खेलको विकासमा निरन्तर कटिबद्ध रहँदै आएको तथा एक जुट भएर अघि बढ्दै अझ बढी सफलता हासिल गर्ने कुरामा आफू विश्वस्त रहेको जानकारी गराए ।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष राजीव श्रेष्ठले संघको उक्त कार्यको प्रशंशा गरे । उक्त कार्यक्रममा राखेप बोर्ड सदस्य अन्जन धमला, तालिम तथा प्रशिक्षण विभागका निर्देशक तथा मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, केन्द्रीय उपाध्यक्ष किरण बहादुर श्रेष्ठ, केन्द्रीय सदस्य श्यामकाजी अवाले लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण