तीन कम्युनिस्ट पार्टीबीच एकता हुँदै
काठमाडौँ । तीन साना कम्युनिस्ट पार्टीबीच एकता हुने भएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत तथा मोहनविक्रम सिंह नेतृत्वको मसालबाट विद्रोह गरेको सन्तबहादुर नेपालीको नेकपा मशाल पार्टीबीच एकता हुने भएको छ ।
आगामी चैत २१ गते काठमाडौँमा एक कार्यक्रमबीच एकता घोषण गरिने क्रान्तिकारी माओवादीका एक नेताले रातोपाटीलाई बताए । उनका अनुसार एकतापछि तीन जना अध्यक्ष रहने अध्यक्ष मण्डलको व्यवस्था गरिनेछ । अध्यक्ष मण्डलको संयोजकमा वैद्य रहनेछन् ।
यसअघि नै नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीच एकता गर्ने सहमति भइसकेको थियो । गत साउन २० गते बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति पनि गठन गरिएको थियो ।
वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति नै जारी गरेर एकता प्रक्रियामा सामेल हुन पार्टीको संगठन र नेता–कार्यकर्तालाई आह्वान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण