तीन कम्युनिस्ट पार्टीबीच एकता हुँदै

काठमाडौँ । तीन साना कम्युनिस्ट पार्टीबीच एकता हुने भएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत तथा मोहनविक्रम सिंह नेतृत्वको मसालबाट विद्रोह गरेको सन्तबहादुर नेपालीको नेकपा मशाल पार्टीबीच एकता हुने भएको छ ।
आगामी चैत २१ गते काठमाडौँमा एक कार्यक्रमबीच एकता घोषण गरिने क्रान्तिकारी माओवादीका एक नेताले रातोपाटीलाई बताए । उनका अनुसार एकतापछि तीन जना अध्यक्ष रहने अध्यक्ष मण्डलको व्यवस्था गरिनेछ । अध्यक्ष मण्डलको संयोजकमा वैद्य रहनेछन् ।
यसअघि नै नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीच एकता गर्ने सहमति भइसकेको थियो । गत साउन २० गते बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति पनि गठन गरिएको थियो ।
वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति नै जारी गरेर एकता प्रक्रियामा सामेल हुन पार्टीको संगठन र नेता–कार्यकर्तालाई आह्वान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
साउदी भ्रमणमा ट्रम्पले घोषणा गरे १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा
-
ला लिगामा तीन खेल, सबैको नतिजा १-०
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा