एआईका कारण लाखौं रोजगारी गुम्ने खतरा, जोखिममा कुन कुन पेशा ?
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का कारण आगामी दिनमा विश्वभर ३० करोड रोजगारी गुम्न सक्छ । अमेरिकी बैङ्क गोल्डम्यान साक्सको रिपोर्टमा एआईले ३० करोड रोजगारी प्रतिस्थापन गर्न सक्ने दाबी गरेको छ ।
प्रतिवेदनमा बताइए अनुसार एआईले भविष्यमा अमेरिका र युरोपमा एक चौथाइ रोजगारी हटाउन सक्छ । तर यससँगै नयाँ रोजगारीको सम्भावना पनि उत्पन्न हुन सक्छ ।
प्रतिवेदनमा भनिएको छ, ‘एआईका कारण विश्वभर उत्पादकत्वमा करिब ७ प्रतिशतले वृद्धि हुनेछ ।’
बेलायतमा सरकार एआईमा लगानी प्रोत्साहन गर्न इच्छुक छ । यसले अन्ततः उत्पादकत्व बढाउने बेलायतको विश्वास छ ।
बेलायतको विज्ञान र प्रविधि मन्त्री मिशेल डोनेलनले भने, ‘हामी के सुनिश्चित गर्न चाहन्छौँ के भने बेलायतमा एआईले हाम्रो रोजगारीलाई हटाउनको सट्टा सुधार गर्ने काम गर्नेछ ।’
गोल्डम्यान साक्सको रिपोर्टमा एआईको प्रभाव धेरै क्षेत्रमा देखिने बताइएको छ । जसमध्ये ४६ प्रतिशत प्रशासनिक र ४४ प्रतिशत कानुनी पेसा प्रभावित हुनेछन् । एआईको न्यूनतम प्रभाव ती क्षेत्रहरूमा हुनेछ जहाँ शारीरिक श्रम गर्नु पर्छ ।
प्रतिवेदनमा निर्माण क्षेत्रमा ६ प्रतिशत र मर्मत सम्भारमा ४ प्रतिशतले असर पर्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण