शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हजार र पाँच सयलाई ‘नोटबन्दी’ गर्न माग गर्दै प्रधानमन्त्रीलाई पत्र

बुधबार, १५ चैत २०७९, ११ : २४
बुधबार, १५ चैत २०७९

काठमाडौँ । नेपाल समाजवादी मोर्चाका अध्यक्ष युवराज सफलले हजार र पाँच सयका नोट नोटबन्दी गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

संयोजक सफलले बुधबार प्रधानमन्त्रीलाई ५ बुँदे ध्यानाकर्षणपत्र पठाउँदै मुलुकको आर्थिक अवस्था जर्जरतातर्फ गएको र यो हेर्दा मुलुक श्रीलंका बन्ने बाटोमा उन्मुख भएको बताएका छन् । 

उनले तत्काल १०००/५०० का नोटलाई नोटबन्दी गर्नुपर्ने, नेपालमा विभिन्न व्यक्तिहरुले कालोधन आर्जन गरी लुकाई राखेकोले तत्काल कालोधनलाई जफत गरी राष्ट्रियकरण गर्नुपर्ने र नेपालीहरुले विदेशी बैँकमा राखेका रकम आवश्यक कानुन बनाई राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।  साथै उनले एनसेल लगायत अन्य विभिन्न निकाय एवम् व्यवसायी संस्थाहरुले अरबौँ रुपैयाँ नेपाल सरकारलाई तिर्न बाँकी रहेकोमा तत्काल सो रकम असुल उपर गरी राष्ट्रिय ढुकुटीमा ल्याउन पनि माग गरेका छन् । 

‘विभिन्न व्यक्ति एवम् व्यवसायीहरुले राष्ट्रलाई धरासयी बनाउन कर छलि एवम् भ्याट छलि जस्ता गतिविधि गरेकाले तत्काल ती व्यक्ति, कम्पनी र निकायलाई आवश्यक कर तिराई करको दायरामा ल्याउने व्यबस्था मिलाइयोस्’, प्रधानमन्त्रीलाई पठाएको ध्यानाकर्षणपत्रमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप