हजार र पाँच सयलाई ‘नोटबन्दी’ गर्न माग गर्दै प्रधानमन्त्रीलाई पत्र
काठमाडौँ । नेपाल समाजवादी मोर्चाका अध्यक्ष युवराज सफलले हजार र पाँच सयका नोट नोटबन्दी गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
संयोजक सफलले बुधबार प्रधानमन्त्रीलाई ५ बुँदे ध्यानाकर्षणपत्र पठाउँदै मुलुकको आर्थिक अवस्था जर्जरतातर्फ गएको र यो हेर्दा मुलुक श्रीलंका बन्ने बाटोमा उन्मुख भएको बताएका छन् ।
उनले तत्काल १०००/५०० का नोटलाई नोटबन्दी गर्नुपर्ने, नेपालमा विभिन्न व्यक्तिहरुले कालोधन आर्जन गरी लुकाई राखेकोले तत्काल कालोधनलाई जफत गरी राष्ट्रियकरण गर्नुपर्ने र नेपालीहरुले विदेशी बैँकमा राखेका रकम आवश्यक कानुन बनाई राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । साथै उनले एनसेल लगायत अन्य विभिन्न निकाय एवम् व्यवसायी संस्थाहरुले अरबौँ रुपैयाँ नेपाल सरकारलाई तिर्न बाँकी रहेकोमा तत्काल सो रकम असुल उपर गरी राष्ट्रिय ढुकुटीमा ल्याउन पनि माग गरेका छन् ।
‘विभिन्न व्यक्ति एवम् व्यवसायीहरुले राष्ट्रलाई धरासयी बनाउन कर छलि एवम् भ्याट छलि जस्ता गतिविधि गरेकाले तत्काल ती व्यक्ति, कम्पनी र निकायलाई आवश्यक कर तिराई करको दायरामा ल्याउने व्यबस्था मिलाइयोस्’, प्रधानमन्त्रीलाई पठाएको ध्यानाकर्षणपत्रमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण