देशका २९ जिल्लामा चौँरी पालन, कुन जिल्लामा कति ?
काठमाडौँ । नेपालमा चौरी व्यवसायको बारेमा बुधबार छलफल भएको छ । नेपाल डेरी एसोसिएसनले कृषि विज्ञ लालकुमार केसीको विशेष उपस्थितिमा चौँरी व्यवसायको बारेमा छलफल गरेको हो ।
कार्यक्रममा केसीले २९ वटा जिल्लामा चौरी पालन हुने गरेको जानकारी दिए । तथ्यांकअनुसार दोलखा जिल्लामा ५०५० वटा, सिन्धुपाल्चोक जिल्लामा ४६५१ वटा, रसुवा जिल्लामा २२८ वटा, रामेछाप जिल्लामा ५२१ वटा, धादिङ्ग जिल्लामा १७७ वटा र नुवाकोट जिल्लामा ९०० वटासहित देशभर करिब ११५२७ वटा चौरी गाईहरु रहेको छ ।
चौरी चराउन ३२ देखि ३५ सय मिटरको उचाईमा लगिन्छ । चौँरीले शुद्ध खानपिन र जडीबुटी खाने हुँदा हतपत रोग नलाग्ने विज्ञहरुको भनाइ छ ।
सो कार्यक्रममा एसोसिएसनका अध्यषक्ष प्रल्हाद दाहालले चौच्रपिालन पेशालाई प्रोत्साहन जरुरी रहेको बताए । ‘चौरी, याक पालनलाई राम्रो बनाउँदा पर्यटन व्यवसाय पनि फस्टाउन सक्ने भन्दै उनले चौरी र याकलाई यातायातको साधनको रुपमा पनि विकट स्थानमा प्रयोग गरिने भएकाले यो पेशा उपयोयी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण