वैशाख १ गते ओशो महोत्सव हुने
काठमाडौँ । नेपाली नयाँ वर्षलाई फरक ढंगबाट स्वागत गर्न वैशाख १ गते ओशो महोत्सव आयोजना हुने भएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।
गत वर्ष पनि ओशो तपोवनले वैशाख १ गते १५ हजार बढीको उपस्थितमा काठमाडौँको टुँडिखेलमा एकसाथ ध्यान र उत्सव गरी उत्सव सम्पन्न गरेको थियो । सोही कार्यक्रमको निरन्तरतास्वरुप यस वर्ष पनि नयाँ वर्षको अवसरमा टुँडिखेलमा ओशो महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सव बिहान ९ देखि बेलुका ९ बजेसम्म हुने र यसमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिहरुलाई सुहाउने विविध प्रकारका कार्यक्रमहरु गरिने बताइएको छ । ओशो महोत्सव साधनाको महोत्सव हुने बताइएको छ ।
ओशो महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेटिडेशन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन हुनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै स्वामी आनन्द अरुणले केही नहुने देशले बौद्धिक सीपबाट विकसित हुँदै गएपनि नेपाल भने प्राकृतिक श्रोत र साधनले पूर्ण भएपनि गरिब हुँदै गएको बताए । उनले मानसिको विवेकले नै सबैकुरालाई मजबुत बनाउन सकिने बताए ।
स्वामी आनन्दअरुणले प्राकृतिक सम्पदा केही नभएका देशहरु नेपालभन्दा विकसित हुँदै गएपनि नेपाल भने प्रत्येक दिन गरिब हुँदै जानु आश्चर्यजनक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण