कोशी प्रदेशमा पर्यटनको काम अब जिल्ला वन कार्यालयबाटै

विराटनगर । कोशी प्रदेश सरकारबाट हुने पर्यटन सम्बन्धी कार्यक्रमको सम्झौताकै लागि प्रदेशको राजधानी विराटनगर धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटनसँग सम्बन्धित योजना सम्झौताका लागि सम्बन्धित कार्यक्षेत्रको जिल्लास्थित वन कार्यालयबाटै हुने गरी निर्णय गरेको छ ।
उक्त निर्णयले विकट पहाडी जिल्लाको पर्यटन योजनाका उपभोक्ता समितिलाई सहज हुनेछ । प्रदेशका पर्यटनमन्त्री जीवन आचार्यले योजना सम्झौताका लागि सम्बन्धित जिल्लाका वन डिभिजन कार्यालयले सहजीकरण गर्नुपर्ने निर्णय गरेका छन् ।
यस्तै पर्यटन मन्त्रालयले पर्यटनसँग सम्बन्धित योजना स्वीकृत भइसकेका तर सम्झौता हुन बाँकी योजनाहरु समयमै सम्झौता गरी प्रभावकारी ढंगले सम्पन्न गर्न वैशाख मसान्तभित्रको समयसीमा समेत तोकेको छ । पर्यटनमन्त्री आचार्य केही समयअघि प्रदेशका पहाडी जिल्लाको भ्रमणमा निस्किएका थिए । भ्रमणका क्रममा पर्यटनसँग सम्बन्धित योजना सम्झौता गर्न नागरिकले सास्ती भोग्नुपरेको गुनासो गरेका थिए । सोही गुनासो सम्बोधन गर्न यो निर्णय गरिएको मन्त्री आचार्यको स्वकीय सचिव ईश्वरी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
टोपबहादुर निलम्बन र मणिलाई ‘बिदा’ दिँदा एमालेमा भीम रावल गायब !
-
भारत भ्रमणबारे राष्ट्रिय सभामा के भने प्रधानमन्त्री प्रचण्डले ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ?
-
प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : माहोल बिग्रने त्यो अचम्मको पोको के हो ?
-
सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी