कोशी प्रदेशमा पर्यटनको काम अब जिल्ला वन कार्यालयबाटै
विराटनगर । कोशी प्रदेश सरकारबाट हुने पर्यटन सम्बन्धी कार्यक्रमको सम्झौताकै लागि प्रदेशको राजधानी विराटनगर धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटनसँग सम्बन्धित योजना सम्झौताका लागि सम्बन्धित कार्यक्षेत्रको जिल्लास्थित वन कार्यालयबाटै हुने गरी निर्णय गरेको छ ।
उक्त निर्णयले विकट पहाडी जिल्लाको पर्यटन योजनाका उपभोक्ता समितिलाई सहज हुनेछ । प्रदेशका पर्यटनमन्त्री जीवन आचार्यले योजना सम्झौताका लागि सम्बन्धित जिल्लाका वन डिभिजन कार्यालयले सहजीकरण गर्नुपर्ने निर्णय गरेका छन् ।
यस्तै पर्यटन मन्त्रालयले पर्यटनसँग सम्बन्धित योजना स्वीकृत भइसकेका तर सम्झौता हुन बाँकी योजनाहरु समयमै सम्झौता गरी प्रभावकारी ढंगले सम्पन्न गर्न वैशाख मसान्तभित्रको समयसीमा समेत तोकेको छ । पर्यटनमन्त्री आचार्य केही समयअघि प्रदेशका पहाडी जिल्लाको भ्रमणमा निस्किएका थिए । भ्रमणका क्रममा पर्यटनसँग सम्बन्धित योजना सम्झौता गर्न नागरिकले सास्ती भोग्नुपरेको गुनासो गरेका थिए । सोही गुनासो सम्बोधन गर्न यो निर्णय गरिएको मन्त्री आचार्यको स्वकीय सचिव ईश्वरी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण