शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहको हल्ला बीच परिणीति चोपडा र राघव चड्डा दिल्ली एयरपोर्टमा देखिए

बिहीबार, १६ चैत २०७९, १० : २४
बिहीबार, १६ चैत २०७९

बलिउड अभिनेत्री परिणिती चोपडा बुधवार साँझ दिल्ली एयरपोर्टमा आम आदमी पार्टीका राज्यसभा सांसद राघव चड्डासँग देखिइन् । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा उनीहरूको सम्बन्ध र विवाहको हल्लाले बजार तातेको छ ।

यद्यपि दुवैले हालसम्म यसबारे खुलेर कुनै प्रतिक्रिया दिएका छैनन् । हालै संसद् परिसरमा पत्रकारले राघव चड्डालाई परिणितीसँग सम्बन्धित प्रश्न सोध्दा उनले ‘तपाईं राजनीतिबारे प्रश्न गर्नुहोस्, परिणितीबारे होइन ।’

समाचार एजेन्सी एएनआईका अनुसार, परिणीति चोपडा र राघव चड्डा हिजो राति पत्रकार र फोटोग्राफरहरूलाई बेवास्ता गर्दै छिटो छिटो कार भित्र गइरहेको देखिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप