शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोशी नामकरण विवाद : चैत २५ पछि निर्णायक आन्दोलन गर्ने पहिचानवादीको निर्णय

बिहीबार, १६ चैत २०७९, १२ : ०४
बिहीबार, १६ चैत २०७९

विराटनगर । कोशी नाम खारेजको माग गर्दै आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले चैत २५ गतेपछि विराटनगरमा निर्णायक आन्दोलन गर्ने निर्णय गरेको छ ।  समितिको बुधवार बसेको जुम बैठकले चलिरहेको एसइई परीक्षालाई मध्यनजर गर्दै त्यसअगाडि कुनै पनि सार्वजनिक प्रदर्शनका कार्यक्रम नराख्ने निर्णय गरेको हो । ‘२०७९ चैत १७ देखि २५ गतेसम्म एसइई परीक्षालाई ध्यानमा राखी तालाबन्दी र ठुलो विरोध जुलुस र सभाहरू स्थगित गर्ने । तर सो समयमा नियमित आन्दोलनका कार्यक्रमहरू जारी राख्ने निर्णय भएको छ,’ सङ्घर्ष समितिका नेता अर्जुन जम्नेली राईले भने ।

बैठकले सरकारले सहिद घोषणा र क्षतिपूर्तिको सुनिश्चित नगरेसम्म लाजेहाङको शव पोस्टमार्टम गर्न नदिने, उनलाई सहिद घोषणा गर्न सरकारलाई दबाब सिर्जना जारी राख्ने निर्णय पनि गरेको छ । बैठकले आगामी चैत २५ गतेपछि भने निर्णायक आन्दोलन गर्ने निर्णय पनि गरेको छ । ‘समय र परिस्थिति विश्लेषण गरेर चैत २५ गते पछि विराटनगर केन्द्रित निर्णायक आन्दोलनमा होमिने निर्णय गरेका छौँ,’ राईले भने । 

चैत २५ अगाडि भने मानवअधिकार आयोग, संयुक्त राष्ट्रसङ्घ, र विदेशी नियोगहरूमा ध्यानाकर्षण गराउने, विभिन्न साहित्यिक कार्यक्रम गर्ने, गाउँ र जिल्ला जागरणका कार्यक्रम गर्ने, सामान्य खालका सांसद अवरोध र बहिष्कार जारी राख्ने र साझा नामको बहस समेत प्रारम्भ गर्ने निर्णय गरेको उनको भनाइ छ । गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेसँगै पहिचानवादी सङ्घ सङ्गठनहरू आन्दोलनमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप